सुन्दरहरैँचा(मोरङ) । मोरङको सुन्दरहरैँचा–१० स्थित हिमालय इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनाल शिक्षाक्षेत्रमा पुर्याउँदै आएको योगदानका लागि ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्।
काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार, ५ सेप्टेम्बर २०२६ मा आयोजित ‘International Excellence Award 2026 – Nepal & International Summit’ समारोहमा खनाललाई ‘Best Contribution in Education Field’ विधामा सम्मान गरिएको हो।
शिक्षालाई केवल किताब र कक्षाकोठाभित्र सीमित नराखी विद्यार्थीको क्षमता, संस्कार, सिर्जनशीलता र उज्ज्वल भविष्य निर्माणमा पुर्याएको योगदानको कदरस्वरूप खनाललाई उक्त सम्मान प्रदान गरिएको प्रमाणपत्रमा उल्लेख छ।
समारोहमा पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा पूर्वसांसद विनोद पहाडी, तेञ्जिङ लामा, जगतप्रसाद जोशी तथा खेमराज कोइराला लगायत विशेष अतिथिहरूको उपस्थिति रहेको थियो।
ABM Presents तथा Samari International Pvt. Ltd. को सहयोगमा, विभिन्न संस्था तथा प्रतिष्ठानको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा शिक्षा, समाजसेवा, व्यवसाय तथा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

सुन्दरहरैँचाको शैक्षिक यात्रामा अर्को गौरव
स्थानीयस्तरबाट सुरु भएको हिमालय इङ्लिस स्कुलको शैक्षिक यात्रालाई गुणस्तरीय शिक्षा, विद्यार्थीको प्रतिभा विकास र अनुशासनसँग जोड्दै अघि बढाउन संस्थापक प्रिन्सिपल खनालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उनको नेतृत्वमा विद्यालयले विभिन्न शैक्षिक, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिमा विद्यार्थीको सहभागिता बढाउँदै आएको छ।
खनालले प्राप्त गरेको यो सम्मान व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई सुन्दरहरैँचाको शैक्षिक क्षेत्रकै गौरव र प्रेरणाको विषय बनेको छ। संघर्ष, निरन्तरता र शिक्षाप्रतिको समर्पणबाट प्राप्त यो सम्मानले स्थानीय शिक्षाकर्मी तथा नयाँ पुस्तालाई समेत थप प्रेरणा दिने अपेक्षा गरिएको छ।
‘उत्कृष्ट शिक्षा, सक्षम विद्यार्थी र समृद्ध समाज’ निर्माणको अभियानमा निरन्तर अघि बढिरहेका खनालका लागि यो सम्मान उनको शैक्षिक यात्राको एउटा महत्वपूर्ण कोशेढुंगा बनेको छ।
सम्बन्धित समाचार
हिमालय इङ्गलिस स्कुलमा निःशुल्क आँखा–दन्त शिविर
एक मञ्च, २४ विद्यालय, सयौँ सपना : सुन्दरहरैँचामा जुट्दै बालप्रतिभा
शिक्षा विधेयकको मस्यौदाअघि आज काठमाडौंमा सातै प्रदेशका सुझावको समीक्षा गरिँदै
भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण
ऐसेलुखर्कमा तीनवटा खानेपानी आयोजना सञ्चालन, ३७० घरपरिवार लाभान्वित
भोटेकोशीको बाढीमा परी उदयपुरका १२ जना सम्पर्क विहीन
भोटेकोशी बाढीपीडितलाई राप्रपा खोटाङद्वारा प्रशासनमार्फत राहत रकम
अब काठमाडौंबाट हेटौंडा जाने आउने कसरी ? यस्तो छ नयाँ रुट





