काठमाडौँ । खसीको मासु भन्दै बाख्रा तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ महानगरपालिका–२८ स्थित खसी बजारमा बाख्रा तथा पाठीको मासुलाई खसीको मासु भनी बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले शनिबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ घर भई काठमाडौँको टेकु बस्ने ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सिर्कोट घर भई टुकुचा बस्ने ३२ वर्षीय करण बानिया र ललितपुरको महालक्ष्मी नगरपालिका–५ घर भएका ५० वर्षीय मनोज थापा छन्।
त्यसैगरी धादिङको गजुरी गाउँपालिका–१ घर भई काठमाडौँको बागबजार बस्ने २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भएका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका–१ घर भई पुतलीसडक बस्ने २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ घर भई काठमाडौँको मैजुबहाल बस्ने २५ वर्षीय दिनेश महतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले चेकजाँचका क्रममा बीएडी ६७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीमा करिब ५६७ केजी बाख्राको मासु लोड गर्दै गरेको अवस्थामा उनीहरूलाई फेला पारेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार घटना’bout थप अनुसन्धान भइरहेको छ।
सम्बन्धित समाचार
सहिदकी छोरीको जन्मदिनमा घरमै पुग्यो गोल्याण फाउण्डेशन
प्रेस स्वतन्त्रताको पक्षमा महासंघको आन्दोलन घोषणा
नेपालमै पहिलो व्यावसायिक वास्तु सफ्टवेयर सार्वजनिक गर्ने तयारी
टोखामा आफैँलाई गोली प्रहार गरेका प्रहरी हवल्दारको मृत्यु
प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन
रोजगार संयोजक गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा
धनगढीमा जुट्दै देशभरका स्रष्टा, साहित्य महोत्सवको तयारी तीव्र
फूलको कूटनीतिमा नेपाल–चीन सम्बन्ध, धुलिखेलमा पियोनी बगैंचा






