काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला दुई हजार ५०० रूपैयाँ बढेको सुनको भाउ आज तोलामा तीन हजार १०० रूपैयाँ र चाँदी पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँले घटेको छ ।
आज सुन प्रतितोला तीन लाख चार हजार ३०० रूपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार सुन प्रतितोला तीन लाख सात हजार ४०० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ४३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्तै, शुक्रबार प्रतितोला चार हजार ७६५ रूपैयाँमा कारोबार भएको चाँदी आज आइतबार तोलामा चार हजार ७२५ रूपैयाँमा कारोबार भइरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)
सम्बन्धित समाचार
फौजदारी मुद्दा खेपिरहेका एनआइएमबीका सिइओ र बोर्ड सदस्य नियमावलीविपरित जिम्मेवारीमा
‘चीनबाट जनै आयात भएको तथ्याङ्क छैन’
सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
अमेरिकी डलर थोरै मजबुत बन्दा अन्य विदेशी मुद्राको अवस्था के छ ?
ग्यास संकट टार्न प्राथमिकतामा घरायसी उपभोक्ता
गरिमा चौधरी हत्या अभियुक्तको बयानका क्रममा भिडियो खिच्ने प्रहरी पक्राउ
फोहोर व्यवस्थापनमा उपत्यकाका स्थानीय तहको ‘दादागिरी’
बाढी प्रभावितको राहत र उद्धारमा लाग्न चिनियाँ राष्ट्रपतिको निर्देशन






