काठमाडौं । गढीमाई नगरपालिका–३ निवासी युवा तथा समाजसेवी, वैदेशिक रोजगार व्यवसायी तथा खोजी रिक्रुटमेन्ट सर्भिसका सञ्चालक इरसाद आलम पछिल्लो समय बाढीपहिरो प्रभावित परिवारको सहयोगमा सक्रिय देखिएका छन् ।
चीनबाट भोटेकोशी हुँदै रसुवा, नुवाकोट र धादिङसम्म गएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि आलम बाढीपहिरो गएको दोस्रो दिनदेखि नै प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउन सक्रिय भएका हुन् ।
प्राकृतिक विपत्तिका कारण घरबार गुमाएका तथा दैनिक जीवनयापनमा समस्या भोगिरहेका परिवारहरूको अवस्था बुझ्दै आलमले उनीहरूलाई आवश्यक खाद्यान्न तथा राहत सामग्री वितरण गर्नुका साथै प्रत्यक्ष रूपमा पीडित परिवारसँग हातेमालो गर्दै आएका छन्।
उनले नुवाकोटको बट्टार, त्रिशूली बजार, वेत्रावती लगायतका बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारसँग भेटघाट गरेका छन्। त्यस्तै, धादिङको बैरेनी क्षेत्रमा समेत पुगेर प्रभावित परिवारलाई राहत सामग्री वितरण गर्दै उनीहरूको दुःखमा साथ दिएका छन्।
विपद्को समयमा सरकार तथा विभिन्न संघसंस्थाको सहयोगसँगै व्यक्तिगत तथा सामाजिक क्षेत्रबाट हुने सहयोगले पीडित परिवारलाई ठूलो राहत पुग्ने आलमको भनाइ छ। विपत्तिमा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु मानवताको पहिलो दायित्व भएको बताउँदै उनले आफूले सक्ने सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्बन्धित समाचार
कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’
म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण
काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन
हरवाचरवा मुक्तिको चार वर्ष, समस्या उस्तै : अधिकारवादी सङ्घसंस्था
गरिमाको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ






