काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्बोधन सकिएलगत्तै प्रधानमन्त्री बालेन बैठकबाट बाहिरिएका हुन् ।
सभापति लामिछानेले प्रतिनिधिसभामा सम्बोधन गर्ने भएपछि आजको बैठकमा प्रधानमन्त्री बालेन सहभागी भएका थिए । प्रधानमन्त्री लामिछानेले सम्बोधन गर्नुअघि मात्रै बैठक हलमा प्रवेश गरेका थिए ।
सुरुङभित्र नागरिकको प्राण खोजिरहेको राज्यलाई कमजोर नठानौँ : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्पछिको खोज, उद्धार र राहतमा राज्यले निर्वाह गरिरहेको भूमिकाको बचाउ गरेका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै लामिछानेले ‘राज्यले केही गरेन’ र ‘राज्य कहाँ छ ?’ भन्ने प्रश्नको जवाफ विपद् प्रभावित क्षेत्रमा भइरहेको कामबाट दिनुपर्ने बताए।
‘राज्यले केही गरेन, राज्य कहाँ छ ? भन्ने गरेको मैले सुनेको छु,’ उनले भने, ‘राज्यले गरेन भन्ने कुराको सबैभन्दा शक्तिशाली खण्डन भनेको राज्य कहाँ छ भनेर दृश्यसहित प्रस्ट्याउनु हो।’
खोज तथा उद्धारमा राज्य
लामिछानेले भग्नावशेष र सुरुङभित्र फसेका तथा बेपत्ता नागरिकको खोजीमा राज्य संयन्त्र परिचालित रहेको बताए। ‘राज्य यतिबेला त्यो कहालीलाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ,’ उनले भने। सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका नागरिकलाई आश्रय दिन राज्य दिनरात खटिरहेको उनको भनाइ थियो।
पूर्वाधारसँगै नागरिकको भरोसा जोड्ने प्रयास
लामिछानेले विपद्ले भत्काएका सडक र पुलको पुनर्निर्माण मात्र नभई नागरिकमा टुटेको भरोसा पुन:स्थापित गर्नु पनि राज्यको दायित्व भएको बताए। ‘राज्य यतिबेला भेलले बगाएका सडक र चुँडिएका पुल मात्रै होइन, विपद्ले टुटाएको नागरिकको भरोसालाई जोड्ने प्रयास गरिरहेको छ,’ उनले भने।
सुरक्षित संरचना र पूर्वतयारीमा जोड
आगामी दिनमा यस्तै विपदबाट हुने क्षति न्यूनीकरण गर्न बलियो पूर्वतयारी र सुरक्षित संरचना निर्माणको खाका तयार भइरहेको लामिछानेले बताए। स्रोत-साधनको अभाव, सीमित क्षमता र थकानका बाबजुद राज्य नागरिकको जीवनरक्षाका लागि ढाल बनेर उभिएको उनको भनाइ थियो।
सम्बन्धित समाचार
आज प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदका प्रश्नको जवाफ दिने, यी ११ सांसदले सोध्नेछन् प्रश्न
भोटेकोशी र त्रिशुली बाढीपछि यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
मोदीको फोन प्रधानमन्त्री बालेनलाई, भने–‘सम्भव भएसम्म सबै सहयोग गर्न तयार छौं’
राज्य संयन्त्र युद्धस्तरमा परिचालन गरेका छौं: प्रधानमन्त्री शाह
यस्तो छ प्रधानमन्त्री शाहले संसदमा गरेको सम्बोधनको पूर्णपाठ
बागमतीका उद्योगमन्त्रीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ?
युवाको आक्रोशलाई राष्ट्र निर्माणमा बदलौँ, निराशा नफैलाऔँ : सभापति लामिछाने
कांग्रेस विधान मस्यौदा समितिमा सदस्य मनोनयन






