काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खस आर्य महिला) तर्फको मतगणनामा डा. भद्रा पराजुली भण्डारीले अग्रता लिएकी छन् ।
८ पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस समूहमा १ हजार ५०० मत गणना हुँदा डा. भद्रा पराजुली भण्डारीले ६८० मत प्राप्त गरेकी छन् । दोस्रो स्थानमा रहेकी जानुका पन्तले ५०७ मत प्राप्त गरेकी छन् भने गीता देवकोटा ५०५ मतसहित तेस्रो स्थानमा छन् ।
त्यस्तै, जानकी सिंहले ४४७, अम्बिका सुवेदी र कृष्णकुमारी बस्नेतले समान ४२५ मत प्राप्त गरेका छन् । अधिवक्ता सरिता तिम्सिना पंगेनीले ४०४ मत पाउँदा बिनिता अधिकारीले ४०२ मत प्राप्त गरेकी छन् ।
चम्पादेवी खड्काले ३९१, सन्तोषी साउद ऐरीले ३६७, उर्मिला कँडेलले ३१८ र शोभा अधिकारीले ३०३ मत प्राप्त गरेका छन् ।
अन्य उम्मेदवारमध्ये बिन्दु मल्ल ठकुरी (आस्था) ले २६९, निर्मला वस्ताकोटी (निरु खड्का) ले २६६, हिरा भट्टराईले २६०, सीतादेवी पौडेलले २४१, सुजाता कार्कीले २२५ र प्रमिला लम्सालले २२३ मत पाएका छन् ।
त्यसैगरी, निर्मला कुमारी रावल कार्कीले २१२, सरस्वती भट्टले २०४, कमला लामिछानेले १९१, सीता ज्ञवालीले १८३, माधवी शर्मा वाग्लेले १८१, शान्ता बास्कोटा र नारायणी रायमाझीले समान १८० तथा बसन्ती भाटले १७९ मत प्राप्त गरेका छन् ।
गीता सिंखडाले १७२, सुमनकुमारी संज्यालले १४९, राधाकुमारी कुँवर क्षेत्रीले १३६, निर्मला रिसालले १३५ र सृजना लामिछाने फुयाँलले १३० मत प्राप्त गरेका छन् ।
हालसम्मको मतगणनामा डा. भद्रा पराजुली भण्डारीले अन्य प्रतिस्पर्धीभन्दा फराकिलो अग्रता बनाएकी छन् । ८ जना निर्वाचित हुने यस समूहमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री शाहको सचिवालयमा २५ जना : हेर्नुहोस् सल्लाहकार र स्वकीयको टोली
कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास
कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने
कांग्रेस महाधिवेशनमा कुल ७,११४ मतदाता (नामावलीसहित)
कांग्रेस सभापतिमा ३ जनाको उम्मेदवारी, वरिष्ठ र महिला उपाध्यक्ष निर्विरोध
राठौरले उम्मेदवारी फिर्ता लिएँ, सभापतिमा गगनलाई समर्थन
कांग्रेसलाई एकताबद्ध र गतिशील पार्टी बनाउने नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलको प्रतिबद्धता
कांग्रेस मतगणना २३ ठाउँमा जारी






