काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुनः बदली आउने चेतावनी दिएको छ । विभागकाअनुसार मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो ।
गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले जनाएको छ । हाललाई देशको मौसम स्थिर रहे पनि कात्तिक १० गतेदेखि १५ गतेसम्म मौसमी प्रणालीमा फेरबदल आउने संकेत देखिएको छ ।
मौसमविद् रोजन लामिछानेकाअनुसार उक्त न्युन चापीय प्रणालीका कारण देशका अधिकांश भूभागमा प्रभाव पर्न सक्ने सम्भावना छ । यद्यपि, वर्षाको मात्रा र प्रभावको यकिन अवस्था’bout अहिले नै भन्न सकिने अवस्था नरहेको विभागले स्पष्ट पारेको छ ।
यो मौसमी फेरबदलले विशेष गरी कृषि र पर्यटन क्षेत्रलाई प्रभावित पार्नसक्ने आँकलन गरिएको छ । हाल धान भित्र्याउने समय भएकाले किसानलाई मंगलवारसम्मको अनुकूल मौसमको सदुपयोग गर्दै बाली भित्र्याइसक्न विभागले विशेष आग्रह गरेको छ ।
कात्तिक ८ गतेपछि कुनैपनि वाह्य कार्यक्रम, भ्रमण वा कृषि कार्यको योजना बनाउँदा मौसमी अवस्थालाई ध्यानमा राख्न र पछिल्ला अद्यावधिक सूचनाहरू नियमित रूपमा लिन सचेत गराइएको छ ।
उनले भने, ‘आगामी कार्तिक ७ गतेसम्म हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । अन्य भूभागमा वर्षाको सम्भावना न्युन छ । कार्तिक १० देखि १५ गतेसम्म बंगालको खाडीमा विकसित भइरहेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्नसक्ने देखिन्छ । वर्षाको मात्रा र प्रभाव’bout अहिले नै यकिन गर्न सकिने अवस्था छैन । यसबाट कृषि, पर्यटन तथा खेलकुद गतिविधि प्रभावित हुनसक्ने भएकाले मौसमको अवस्था बुझेर मात्र योजना बनाउन अनुरोध छ । धान काट्ने तथा बाली भित्र्याउने काम सम्भव भएसम्म कार्तिक ७ गतेभित्रै सम्पन्न गर्नुहोला ।’
उक्त प्रणालीका कारण सञ्चालन हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका खेलकुद प्रतियोगिताहरूमा समेत असर पर्नसक्ने देखिएको छ । आम नागरिकलाई आधिकारिक मौसमी सूचनाका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू नियमित हेर्न वा ११५५ मा फोन गरेर जानकारी लिन अनुरोध गरिएको छ ।
सम्बन्धित समाचार
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै
बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु
नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुंगे पुल मर्मतपछि सञ्चालनमा
यी हुन् मन्त्रिपरिषद्का १३ निर्णय
अब मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य
सुनकोशीमा खस्यो टाटासुमो, तीन जनाको मृत्यु
आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने






