बझाङकी पहिलो कोरोना संक्रमित महिला स्वस्थ

बझाङ । कोरोना संक्रमित एक महिला स्वास्थ्यलाभ गरेर फर्किएकी छन् । जिल्लाको खप्तड छान्ना गाँउपालिकामा रहेको मेल्तडी माविको क्वारेन्टाइनमा रहेकी ४० वर्षीय महिलाले कोरोनालाई जीतेको जिल्ला अस्पताल बझाङका डाक्टर मिलन खड्काले जानकारी दिए । जेठ २७ गते पीसीआर रिपोर्ट नेगेटिभ देखिएकी ति महिलाको दोस्रो पटक पिसीआर परिक्षण गर्दा पोजेटिभ आएको डाक्टर खड्काले जानकारी दिए । कोरोना जीतेर जाने उनी बझाङकै पहिलो महिला हुन् ।

उनलाई विहीबार विहान ससाम्मानका साथ घर पठाइएको छ । खप्तड छान्ना गाँउपालिका–३ का वडाध्यक्ष मंगलबहादुर सुनारका अनुसार उनीसँगै भारत दिल्लीबाट आएका अन्य ६ जनामा समेत पिसीआर रिपोर्ट पोजेटिभ आएको थियो । उनिहरुको अहिले आइसोलेसनमा उपचार भइरहेको छ ।

योसँगै बुधबार मात्रै एक १० बर्षिया बालिकामा समेत कोरोनाकोे संक्रमण भएको पुष्टि भएको छ । थलारा गाँउपालिका वडा नम्बर ३ की एक बालिकामा कोरोना संक्रमण भएको पुष्टि भएको डाक्टर खड्काले जानकारी दिए । योसँगै अब बझाङमा कोरोना संक्रमतिको संख्या १४ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग