तुलसीपुर । बलात्कार गरेको आरोपमा तुलसीपुरमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१६ लक्ष्मीपुर निवासी १८ बर्षका एक युवक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।
पिडितले दिएको जाहेरीका आधारमा प्रहरीले युवकलाई आइतबार पक्राउ गरी जबरजस्ती करणी सम्बन्धि मुद्दा चलाएको छ । ‘केटाले गएको पुष १० गते केटी भगाएर लगेछ,’ प्रनानि डम्बरपालले भने– बैशाख १९ गते कुटपिट गरेर लेखटेपछि जबरजस्ती करणी सम्बन्धी मुद्दा आयो ।’ दुबै जना २० बर्ष नपुगेकाले नाम भन्न नमिल्ने प्रहरीले बताएको छ । युवक १८ बर्ष र युवती १७ बर्षकी छन् ।
मोटरसाइकलको ठक्करबाट साइकलयात्री घाईते
यस्तै मोटरसाइकलको ठक्करबाट पश्चिम दाङमा साइकलयात्री घाइते भएका छन् । पंचकुलेबाट तुलसीपुर तर्फ आउँदै गरेको रा३प ८१९२ नम्बरको मोटरसाइकलले सोही दिसाबाट आइरहेको साइकललाई ठक्कर दिँदा बबई गाउँपालिका–६ कटकुईयाँ निबासी ४५ बर्षका सर्दे राना घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई बागर प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।






