सभामुख सापकोटाको आँखाको शल्यक्रिया

काठमाडौ । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाबिन्दुको शल्यक्रिया भएको छ । उनको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो ।

वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलीले आज बिहान १०ः३० बजे शल्यक्रिया गरेको हो । केही समययता उनको आँखामा समस्या देखिएको थियो । चिकित्सकहरुको सल्लाहमा आज शल्यक्रिया गरिएको हो ।

उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्ने गरी सभामुख सापकोटा स्वयम्ले व्यहोरेका छन् । शल्यक्रिया पछि सभामुख सापकोटा आराम गरिरहेका छन् । सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको चिकित्सकको टोली र सिंगो तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 324 times, 1 visits today)

epaper

ताजा समाचार

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु