एक घर-एक नयाँ रोजगारको सिर्जना गरौं : मन्त्री अर्याल

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्याङ्जा जिल्लाका विभिन्न सहकारी संस्थामार्फत सीपमूलक, व्यवसायिक एवं उद्यमी तालिमरकार्यक्रम सम्पन्न गरिएको छ ।

मन्त्रालयले स्याङ्जा जिल्लाका विभिन्न १४ वटा सहकारी संस्थालाई उपलब्ध गराएको एक करोड अनुदानबाट ती सहकारी संस्थाहरुले १५ वटा सीपमूलक, व्यवसायिक उद्यमी तालिम तथा कार्यक्रम सम्पन्न गरेको हो ।

त्यस अवसरमा अचार बनाउने, च्याउ खेती गर्ने, ढाँका बुन्ने, मौरीपालन लगायतका उद्यमशिलता तालिमहरु सम्पन्न गरिएका हुन् । मौरीका घार लगायत उद्यमी बन्नका लागि आवश्यक उपकरणहरु समेत त्यस अवसरमा उपलब्ध गराइएको थियो ।

भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भिडियो संवादमार्फत कार्यक्रमको सफलताको कामना गरेकी थिइन् । त्यस अवसरमा मन्त्री अर्यालले बर्तमान परिस्थिति र जिम्मेवारीको कारणले उक्त कार्यक्रमहरुमा भौतिक रुपमा उपस्थित हुन नसकेता पनि भिडियोमार्फत सम्बोधन गरेकी थिइन् । ‘समृद्ध नेपाल(सुखी नेपाली’ को लक्ष्य भेट्नका निम्ती यस्ता कार्यक्रम निरन्तर रहन जरुरी रहेको त्यस अवसरमा मन्त्री अर्यालले बताइन् ।

हरेक व्यक्तिलाई सीप सिकाउदै आत्मनिर्भर तथा व्यवसायमूखी बनाउन जरुरी रहेको भन्दै मन्त्री अर्यालले अब गाउँमा नै आर्थिक सम्भावनाको खोजी गर्नुपर्ने बताइन् । ‘गाउँमा उत्पादन बृद्धी गरेर रोजगारी सिर्जना गर्दै अगाडी बढ्नुपर्ने आजको आवश्यकता रहेको छ । तपाइहरू उद्यमी बनेर बजारलाई आवश्यक पर्ने वस्तुहरु उत्पादन गर्नुस् । त्यसका निम्ती आवश्यक बजारको व्यवस्थापन हामी गर्छौ’, मन्त्री अर्यालले भनिन्, ‘एक घर(एक नयाँ रोजगारको अभियानसँगै गाउँमा रोजगारीको सिर्जना गरौं ।’

निर्वाचन क्षेत्रका जनतासँग प्रत्यक्ष भेट्न आउन आतुर रहेको बताउदै मन्त्री अर्यालले छिट्टै भेट्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । ‘अब हरेक व्यक्ती ज्ञान र सीप सहित आत्मनिर्भर बन्नुपर्छ, स्वरोजगारी र लघु उद्यमी बन्नुपर्छ । यसका लागि भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट शुरु गरिएको छ’, मन्त्री अर्यालले भनिन् । अब यस्ता कार्यक्रम निरन्तर गरिने मन्त्री अर्यालले बताइन् । यस्ता कार्यक्रमहरुले जनताको आर्थिक जीवनस्तर बढाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरिन् ।

तपाइको प्रतिक्रिया
(Visited 302 times, 1 visits today)

epaper

ताजा समाचार

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना