डडेल्धुरामा २ सय ६९ जना कोरोना जितेर घर फर्किए

डडेल्धुरा । डडेल्धुरामा रहेका २ सय ७७ जना कोरोना संक्रमित मध्ये २६९ जना घर फर्किएका छन् । जिल्लाका ७ वटै स्थानियतहमा रहेका आईसोलसन वार्डहरुबाट बुधबारसम्म २ सय ६९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

बुधबारसम्मको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्याकं अनुसार आइसोलसन वार्डमा रहेका ८ जना वाहेका अन्य कोरोना संक्रमित घर फर्किएका छन् । कोरोना पोजेटिभ देखिएका जिल्लाका सबै जना समान्य रहेका र धमाधम घर फर्किरहेका जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड १९ फोकल व्यक्ति हरि भट्टले बताए । उनले भने, ‘पोजेटिभ देखिएका अन्य ८ जना पनि समान्य अवस्थामा रहेकाले चाँडै घर फर्किने छन् ।’

अजयमेरु र आलिताल गाउपालिका आइसोलेसनमा दुई दुई जना, नवदुर्गा गाउँपालिकाका आइसोलेसन वार्डमा तिन जना र परशुराम नगरपालिकाको आइसोलेसन बार्डमा एक जना रहेका छन् । भागेश्वर र गन्यापधुरामा रहेका कोरोना संक्रमित भने घर फर्किएका छन् ।

जिल्लाका सातवटा स्थानिय तहका ७ हजार ८ सय १३ जनाको आरडिटि जाँच भएको जसमा ५३२ जनाको रियाक्टिभ (पोजेटिभ) आएको थियो । भने २६ सय ९५ जनाको स्वावकंलन गरीआरडिटि पिसिआर जाँच गर्दा २ सय ७५ जनामा कोरोना पुष्टि भएको थियो । अझै ४ सय ६२ जनाको रिपोर्ट आउन बाँकी रहेको कोभिड सम्पर्क व्यक्ति भट्टले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

epaper

ताजा समाचार

एआई डेटा सेन्टरका लागि अमेजनको विशाल ग्यास प्लान्ट निर्माण हुने