म्युजिक भिडियो खेलाइदिन्छु भन्दै बियर खुवाएर किशोरी बलात्कार

सांकेतिक तस्वीर

काठमाडौं । म्युजिक भिडियो खेलाइदिन्छु भन्दै किशोरी बलात्कार गर्ने एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली घर भएका ३१ वर्षीय डेविट भन्ने शुसिल खड्का रहेका छन् । खडकाले मंगलवार साँझ काठमाडौं जिल्ला कागेश्वरी मनहरा नपा वडा नं ७ विरेन्द्रचोक स्थित भेटघाट रेष्टुरेन्टमा बोलाई ति किशोरीलाई जवरजस्ती गरेको आरोप छ ।

गत मंगलबार खड्काले किशोरीलाई बोलाएर म्युजिक भिडियोमा खेलाउने भन्दै प्रलोभन देखाइ वियर खुवाएर लठ्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बियर खुवाएपछि किशोरीलाई राती त्यहि रेष्टुरेण्टको क्याविनमा ईच्छा विपरित जवरजस्ती करणी गरेको अनुसन्धानपछि पुष्टि भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिए ।

पीडित किशोरीले कारवाहीको माग गर्दै प्रहरी वृत्त नयाँवानेश्वरमा निवेदन दिएकी थिइन् । पीडित युवतीले दिएको उजुरीका आधारमा घटनामा संलग्न खड्कालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै पीडित किशोरीको स्वास्थ्य परीक्षण समेत गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका खडका सिन्धुली भिमान स्थायी घर भई हाल काठमाडौं, कागेश्वरी मनहरा नपा वडा नं ७ काँडाघारी थापाचोक बस्दै आएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 311 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण