यी क्षेत्रमा भोली ११ देखी ३ बजेसम्म लोडसेडिङ हुने

काठमाडौं । पुल्चोक वितरण केन्द्रको टेकु रिगरोड फिडरबाट वितरीत ११ के भी लाइनमा नयाँ फिडर तान्ने कार्य गर्नुपर्ने भएकोले केही समय लोडसेडिङ हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले जनाए अनुसार आइतबार विहान ११ बजेबाट दिउँसो ३ बजेसम्म बागडोल एरिया आसपास, सनराईज टावर अफलोडल, सानेपा रिङरोड बाहिर, खाद्य गोदाम आसपास, चाइनिज क्याम्पलगायतका क्षेत्रमा लोडसेडिङ हुने भएको छ ।

प्राधिकरणले तोकिएको समय अगाबै काम सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 263 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण