केन्द्रीय सरकारका वरिष्ठ सहसचिव सबै प्रदेशमा

काठमाडौं । सरकारका विभिन्न निकायमा रहेका वरिष्ठ सहसचिव प्रदेश मन्त्रालय सचिवका रूपमा सरुवा भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार केन्द्रीय र प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत ६० सहसचिव सरुवासहित केन्द्रका वरिष्ठ सहसचिवलाई प्रदेश सरुवा गर्ने निर्णय गरेको हो ।

सरकारले गत वर्षदेखि प्रदेशमा ज्येष्ठ सहसचिव खटाउने निर्णय गरेको थियो । जसअनुसार अहिले केन्द्रका वरिष्ठ सहसचिव प्रदेशमा सरुवा गरिएको छ । केन्द्रका सहसचिव प्रदेशमा भने सचिवका रूपमा रहने प्रावधान छ । सरुवा हुने वरिष्ठ सहसचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका दिनेशकुमार घिमिरेलाई प्रदेश १ मुख्यमन्त्री कार्यालयमा सचिव बनाइएको छ ।

यसैगरी, वरिष्ठ सहसचिव राधिका अर्याललाई सञ्चारमन्त्रालयबाट बाग्मती प्रदेश मुख्यमन्त्री कार्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका चुडामणि पौडेललाई सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला मन्त्रालय, गृह मन्त्रालयअन्तर्गत महादेव पन्थ प्रदेश ५ सामाजिक विकास मन्त्रालय, स्वास्थ्यका रघुराम विष्टलाई सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयमा सचिवका रूपमा सरुवा गरिएको छ ।

त्यस्तै, लोकसेवा आयोगका खगेन्द्रप्रसाद सुवेदी प्रदेश ५ मुख्यमन्त्रीको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेल प्रदेश १ आन्तरिक मामिला मन्त्रालय, गृह मन्त्रालयकी इन्दु घिमिरेलाई गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय, पर्यटन मन्त्रालयका कमलप्रसाद भट्टराईलाई कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालयका श्रीकृष्ण नेपाललाई सुदूरपश्चिम आर्थिक मामिला मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी, अर्थ मन्त्रालयका उत्तरकुमार खत्रीलाई प्रदेश १ आर्थिक मामिला मन्त्रालय र गत वर्ष प्रदेशमा पठाइएका सबै वरिष्ठ सहसचिवलाई केन्द्रीय सरकारका विभिन्न निकायमा सरुवा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 375 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?