इंग्ल्यान्डलाई अग्रता

लन्डन । कप्तान इओइन मोर्गनले उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले दोस्रो टी–२० मा पाकिस्तानमाथि जित निकालेको छ । इंग्ल्यान्डले पाकिस्तानमाथि ५ विकेटको जित निकालेको हो । यससँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

जितका लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९ ओभर १ ओभरमा ५ विकेट गुमाउँदै जित हासिल ग¥यो । कप्तान मोर्गनले ३३ बलमा ६ चौका र ४ छक्कासहित ६६ रनको योगदान दिए । मोर्गनको यो १४औं टी–२० अर्धशतक हो । डेविड मलान ५४ रनमा अविजित रहे ।

तेस्रो विकेटका लागि मोर्गन र मलानले १ सय १२ रनको शतकीय साझेदारी गरेपछि इंग्ल्यान्डको जित निश्चित बनेको थियो । ओपनर जोनी बेयरस्टो ४४ रनमा तथा टम ब्यान्टन २० रनमा एलबीडब्लू सिकार भए । साम विलिंग्स १० रनमा क्याच आउट भए । पाकिस्तानका स्पिनर सादब खानले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । हरिस रउफले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९५ रन बनाएको थियो । मोहम्मद हफिजले सर्वाधिक ६९ रनको योगदान दिए । पाकिस्तानलाई ओपनर बाबर आजम र फखर जमानले पहिलो विकेटका लागि ८ ओभर ३ बलमा ७२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । फखर ३६ रनमा क्याच आउट भए । बाबर ५६ रनमा आउट भए । हफिज र बाबरले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए ।

हफिजले शोएब मलिकसँग मिलेर तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरेपछि विशाल योगफलको आधार बनेको थियो । सोएब मलिकलाई ११ बलमा १ चौकासहित १४ रनमा क्याच आउट गराए । इफ्तिखर अहमद ९ बलमा ८ रन जोड्दै नटआउट रहे । इंग्ल्यान्डका आदिल रासिदले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । क्रिस जोर्डन र टम करनले १–१ विकेट लिए । पहिलो खेल वर्षाको कारण रद्द हुन पुगेको थियो । तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ