काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सरकार पुनर्गठन विषयमा निरन्तर छलफल भए पनि सहमति जुट्न सकिरहेको छैन ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार उनीहरूबीच करिब तीन घण्टा सरकार पुनर्गठन’bout छलफल भएको छ । प्रधानमन्त्रीसमेत रहेका ओली र अर्का अध्यक्ष दाहालबीच मापदण्डकै विषयमा सहमति जुट्न नसक्दा पुनर्गठनमा ढिलाई भएको स्रोत बताउछ ।
‘अध्यक्षद्वयबीच निरन्तर छलफल जारी छ, सोमबारको छलफलमा पनि ठोस सहमति हुन सकेन,’ स्रोतले भन्यो, ‘कुन मापदण्डका आधारमा कसलाई हटाउने र कसलाई ल्याउने विषयमा छलफल केन्द्रीत छ, मंगलबार फेरि छलफल गर्ने सहमति भएको छ ।’
नेकपा स्थायी कमिटी र सचिवालयको निर्णयअनुसार ओली र दाहाल सरकार पुनर्गठन तयारीमा जुटेका हुन् । गत ६ असोजमा सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका साथै संवैधानिक अंगमा रिक्त पदाधिकारी नियुक्तिका लागि आग्रह गरेको थियो । त्यसयता गत बिहीबार, शुक्रबार, आइतबारसमेत ओली र दाहालले छलफल गरेका हुन् ।
प्रधानमन्त्रीबाहेक सबै मन्त्रीको राजीनामा गराउने र मन्त्रिपरिषद् पुनर्गठन गर्ने, दुई वर्ष पुराना मन्त्रीमात्रै हटाउने वा कार्यसम्पादनका आधारमा पुनर्गठनलगायत प्रस्ताव’bout छलफल जारी छ ।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले यी प्रस्ताव’bout छलफल गरे पनि ‘कुन मापदण्डअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने ?’ विषयमा सहमति हुन नसकेको हो ।
स्रोतका अनुसार महŒवपूर्ण भनिएको मन्त्रालयका विषयमा अझै भागवण्डा मिलेको छैन । दुबौले महŒवपूर्ण मन्त्रालय दावी गर्दै आफूनिकटलाई मन्त्री बनाउन खोजेकै कारण पुनर्गठनमा ढिलाई भएको स्रोतको दावी छ ।






