उद्योग दर्ता कार्य अवरुद्ध

काठमाडौं । सरकारले समयमै कानुन बनाउन नसक्दा चार महिनादेखि उद्योग दर्ता कार्य अवरुद्ध भएको छ । सरकारले वातावरण ऐन ल्याए पनि त्यसको नियमावली बनाउन नसक्दा लामो समयदेखि उद्योग दर्ता रोकिएको हो ।

उद्योग दर्ता गर्दा नै आईई तथा ईआईएको ’boutमा खुलाउनुपर्छ । वातावरण नियमावलीमा कुन प्रकृतिको उद्योगले आईई तथा ईआईए गर्नुपर्ने व्यवस्था रहेकोमा त्यससम्बन्धी नियमावली नआएकाले लामो समयदेखि उद्योग दर्ता बन्द अवस्थामा रहेको छ । वन मन्त्रालयले उद्योगलाई १ कात्तिक पछि कुनै उद्योग दर्ता नगर्न परिपत्र गरेपछि विभागले उद्योग दर्ता वा क्षमता विस्तार रोकेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ अर्ब रुपैयाँ बराबरको उद्योग लगाउँदा ईआईए गर्नुनपर्ने गरी वातावरण मन्त्रालयलाई सुझाव दिइसकेको छ । तर, उद्योगले पठाएको सुझाव कार्यान्वयन भए÷नभएको निक्र्याैल नहुँदा उद्योग दर्ता रोकिएको हो । सोही कारण अहिले ठूलाभन्दा पनि साना उद्योग दर्ता पूर्ण रूपमा रोकिएका छन् । २५ करोड रुपैयाँमाथिका उद्योगसम्म पनि दर्ता हुन सकेका छैनन् । सरकारले लामो समयदेखि वातावरण नियमावली ल्याउँदा नसक्दा उद्योगीलाई अप्ठ्यारो परेको हो ।

सरकारले ऐनसँगै नियमावली नल्याउँदा उद्योगीलाई धेरै समस्या परेको उनको भनाइ छ । एकातिर नयाँ उद्योग दर्ता रोकिएको छ भने अर्कोतिर उद्योगको क्षमता विस्तार पनि रोकिएको छ । वन मन्त्रालयले नियमावली निर्माण ढिलासुस्ती गरेकाले त्यसको प्रत्यक्ष असर उद्योगीमाथि परेको उद्योग मन्त्रालयको भनाइ छ ।

चार महिनादेखि उद्योग दर्ता तथा क्षमता विस्तार रोकिँदासम्म वन मन्त्रालयले नियमावली ल्याउन कुनै हतार गरेको छैन । पटकपटक उद्योग मन्त्रालयले नियमावली बनाउन तोकेता गर्दा पनि त्यसको सुनुवाइ भएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 291 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे