नेकपा विवाद : ओलीले सहमति नदिँदा बैठक अनिश्चित

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहालले गरेको प्रस्तावमा ओलीले सहमति नजनाउँदा बैठक अनिश्चित बनेको छ । अध्यक्ष दाहालले मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई आगामी बिहीबार सचिवालय बैठक बस्न प्रस्ताव गरेका थिए । तर, ओलीले बैठक बस्न अस्वीकार गरेकाले बैठक’bout अन्योल बढेको नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‘गत शनिबार प्रधानमन्त्री एवं अध्यक्षलाई लिखित पत्रसहित भेटेर सचिवालयको बैठक बस्ने कुरामा सहमति जनाउन र तुरुन्त बैठक बस्न अनुरोध गरेका थियौं । यस बीचमा बैठक बस्ला भन्ने अपेक्षा थियो तर बैठक बसेन । बैठक बस्ने कुरामा उहाँ (ओली)ले सहमति दिनुभएन,’ प्रवक्ता श्रेष्ठले भने, ‘मंगलबार अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीलाई भेटेर २७ गते बैठक बस्न र बैठकमा आउन अनुरोध गर्नुभएको छ । तर, उहाँ (ओली)ले बैठक बस्ने विषयमा सहमति जनाइसक्नुभएको छैन । उहाँले बैठकमा सहमति जनाउनुहुनेछ र सहमतिमै बैठक बस्नेछ भन्ने आशामा छौं ।’

प्रधानमन्त्री ओलीसँग भेटेर अध्यक्ष दाहाल पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पुगेका थिए । पार्टी केन्द्रीय कार्यालयमा सचिवालय कमिटीको अनौपचारिक बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग भएको छलफल’bout ब्रिफिङ गरेका छन् ।

‘कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली बुधबार उपत्यका बाहिर जाने भन्ने योजनामा भएको स्थितिमा पनि २७ गते सचिवालय बैठक बस्नुपर्छ भनेर प्रधानमन्त्रीसँग अनुरोध गर्नुभएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्ष ओलीले २७ गते बैठक बस्ने कुरामा पनि सहमति जनाउनुभएको छैन ।’

अनौपचारिक बैठकमा पार्टी एकतालाई मध्यनजर गर्दै पुनः सचिवालय बैठकका लागि अध्यक्ष ओलीसँग आग्रह गर्ने निर्णय भएको उनले बताए ।

नेकपा सचिवालयका पाँच सदस्यले यसअघि २२ कात्तिकमा प्रधानमन्त्री ओलीलाई भेटेर लिखित रूपमा सचिवालय बैठक तत्काल बस्ने विषयमा सहमति जुटाउन र बैठक बस्न अनुरोध गरिसकेका छन् । नेताहरूले बैठकका एजेन्डासहित दुई पन्ने पत्र ओलीलाई बालुवाटार पुगेर बुझाएका थिए । सोमबारसम्ममा बैठक बस्ने भनिए पनि ओलीले बैठक बोलाउने सहमति नदिएपछि धुम्बाराहीमा बसेको अनौपचारिक बैठकले बिहीबारसम्म पर्खिने निर्णय गरेको छ ।

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले २७ कात्तिकमा सचिवालय बैठक बस्ने र सो बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पनि सहभागी हुने दाबी गरेका छन् । सचिवालयका पाँच जना सदस्यहरूको अनौपचारिक बैठकले २७ गते सचिवालय बैठक राख्न अध्यक्ष ओलीलाई पुनः आग्रह गर्ने निर्णय छ ।

मंगलबारको अनौपचारिक बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए । पार्टीभित्रको किचलोले पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि शीर्ष नेताहरू आ–आफ्नै रणनीतिअनुसार अगाडि बढ्ने प्रयासमा छन् । दुवै समूह आन्तरिक गृहकार्यका साथै छुट्टाछुट्टै गुटगत बैठक, भेला तथा सभा गर्न थालेपछि विवाद थप उत्कर्षमा पुगेको छ ।

यसैबीच मंगलबार नै प्रधानमन्त्री ओली निकट स्थायी कमिटीका सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अध्यक्ष दाहाललाई भेट गरी दुई अध्यक्ष मिलेर विवाद समाधान गर्न आग्रह गरेका छन् । दाहाल र पोखरेलबीच पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्थाका ’boutमा छलफल भएको स्रोतले जनाएको छ । मुख्यमन्त्री पोखरेलले पार्टी एकता जोगाउन, सहमतिमै अगाडि बढ्न दाहालसँग आग्रह गरेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?