नेकपा विवाद जिल्ला तहमा : मन्त्री र सासंदको सामाजिक सञ्जालमै जुहारी

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल बिच पत्र आदनप्रदान भएको घटनाले नेकपा भित्र ठुलै तंरग उत्पन्न भएको छ । त्यसको प्रभाव नेकपाको तल्लो कमिटी सम्म पुगेको छ ।

नेकपाका नेता एवं वागमती प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले मंसिर ६ गते सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस पोष्ट गरे । सभापति नेपालले पोष्ट गरेको स्ट्याटसमा कोरोना भाइरस कोभिड १९ मा वागमती प्रदेश सरकारले काम गर्न नसकेकोमा सामाजिक सञ्जालमा नै गुनासो गरेका थिए । सभापति नेपालले लेखेका छन् ‘कोभिड १९ को असर र आतंकको दायरा जति ठुलो छ, त्यति नै स्थानीय सजगता पुगेको छैन । अझ सबै भन्दा बढी प्रभावित बागमती प्रदेश नै हो । सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायतका जिल्लामा न पीसीआर परीक्षण हुन्छ न आईसियु र भेन्टिलेटर उपलब्ध अस्पताल नै छ । बागमती प्रदेश सभाको कार्यक्रममा सामाजिक विकास मन्त्रालयको कुरा सुन्न आज पाईएन ।’ काठमाडौमा आयोजीत कोभिड १९ जस्तो माहामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सासंदहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमपछि प्रदेश सासंद नेपालले यस्तो धारणा सार्वजनिक गरेका थिए ।

सामाजिक विकास मन्त्री युवराज दुलाल नेकपा का केन्द्रीय सदस्य हुन् भने उनी केन्द्रमा पुष्पकमल दाहाल निकट मानिन्छन् । त्यस्तै अर्थ विकास समितिका सभापति प्रधानमन्त्री केपी ओली निकट छन् । पार्टीमा फरक पक्षधरता रहेकै कारण सामजिक विकासमन्त्री दुलालले पटक पटक आफुलाई असहयोग गरेको सञ्जाल मार्फत अप्रत्यक्ष रुपमा नेपाललाई आरोप लगाएका छन्

सामाजिक सञ्जाल मार्फत नै एकै पार्टीका नेताले आफ्नो मन्त्रालय प्रति यस्तो धारणा राखेपछि नेकपाका केन्द्रीय सदस्य समेत रहेका वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले पनि बुदागत रुपमा अर्थ तथा विकास समितिका सभापति नेपाललाई कमेन्टमा यस्तो जवाफ दिएका छन् । मन्त्री दुलाले दिएको जवाफ यस्तो छ

माननीय शरेस नेपाल ज्यू,
सभापति
अर्थ तथा विकास समिति, बागमती प्रदेश सभा !

१. कोभिड–१९ महामारी रोक्न प्रदेशसभाका सदस्यको प्रभावकारी सञ्चार भनेको के हो ?

२. किन यो कार्यक्रम पाँचतारे याक एन्ड यति होटलमै राख्नु पर्ने ? के सरकारका कुनै सभा हल थिएनन् काठमाडौमा ?

३. के प्रदेश सरकारले गरेका कामको माननीयज्यूलाइ जवाफ दिन राजधानीकै महँगो पाचतारे होटलमा जानु पर्ने ?

४. याक एन्ड यति होटलमा कसको लगानिमा कार्यक्रम भयो ? सरकारकै भए कुन मापदण्डमा कसरी भयो ? प्रदेश सभा अर्थ तथा विकास समितिको सभापति तपाइ स्वयं भएकोले यसको जवाफ पाउँ त माननीय ज्यू ?

उनले अगाडी लेखेका छन् ‘म सामाजिक सञ्जालमा यो प्रश्न आफ्नै जिल्लाका आफ्नै पार्टीका सहयोद्धा समेत रहनुभएका माननीयज्यूलाइ सोध्नु पर्दा दुखित छु तर बारम्बार यहाँले सुनियोजित तरिकाले नागरिकलाई भ्रमित पार्न दुष्प्रयत्न गरिरहनु भएकोले बिबस पनि । सिन्धु–दोलखा–रामेछाप मात्र होइन प्रदेशको श्रोत र साधनको अधिकतम सदुपयोग गरि प्रदेशबासी नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकारले गरेको प्रयास माननीय ज्यूहरूलाई हरेक समितिको बैठकमा दिइएको कुरा जग जाहेर छ । आगे आफ्नो कर्म बढाउदै गर्नु होला ।’

सामाजिक विकासमन्त्री युवराज दुलालले सामाजिक सञ्जाल मार्फत ४ वटा बुदामा प्रदेश सभाका अर्थ विकास समितिका सभापति नेपाललाई जवाफ दिएपछि नेपालले पनि पुन सञ्जाल मार्फत नै सामाजिक विकास मन्त्री दुलाल समक्ष अर्काे प्रश्न गरेका छन् ।

सभापति नेपालको पुन प्रश्न यस्तो थियो

नमस्कार मन्त्रीज्यू !
मन्त्रालयका अधिकारीसंग यो बिषयमा कुरा गर्ने सोचमा थिए । तपाई आफै छलफलमा आउनु भयो धन्यबाद !

१) याक एण्ड यतीको होटलमा आयोजित कार्यक्रम प्रभावकारी नै लाग्यो । कोभिड महामारी नियन्त्रणमा सांसदको भुमिका प्रभावकारी संचारमा के हुन्छ भन्ने अन्यौल घट्यो । सरकारले सांसदलाई र सांसदले जनतामा सहि सुचना प्रवाह गर्दा नर्गदाको असर’bout अन्तरकृया भयो । गलत सुचनाले अरु मुलुकमा परेका कठिनाई पनि थाहा भयो । सासंदलाई सरकारका जिम्मेवारहरुले यस्ता अभियानमा बेखबर गरेको सत्यको प्रमाण त हामी आफै छौ ।

२ ) सरकारसंग यस्ता कार्यक्रम गर्ने हल छ छैन त्यो त मंन्त्रीज्यूहरुले नै भन्ने कुरा हो । डब्लुएचओ ले उसको मापदण्ड र अन्य व्यवस्थापन कहाँ पालना हुन्छ, त्यो उसैले बुझ्ने कुरा हो । धेरै सांसदले काठमाडौमा नै भए सहभागी हुन सहज ठान्नु भए छ । यो प्रदेश स्तरको चौथो कार्यक्रम रहेछ । जहाँ सम्म कार्यक्रम होटलमा किन ? यात्रा हवाईजहाजमा किन ? मोवाईल हातमा किन ? यस्ता प्राबिधिक प्रश्न अव पुराना भईसके । यी कुरा आवश्यक्ता र सामाथ्र्यले निर्धारण गर्ने हो । मेरो जिज्ञासा ११० जना सासंद जम्मा हुने, राष्ट्रिय सभा अध्यक्ष, संघीय स्वास्थ्य मन्त्री, प्रदेश सभाका सभामुख उपस्थित हुने कार्यक्रममा कार्यक्रम स्थल चित्त नबुझेर नआउनु भएको हो भने यो अलि सोभनिय भएन जस्तो लाग्यो ।

३) आफु नआउनु भएकोमा त्यति ठुलो आपत्ती हलले ठान्यो ठानेन त्यो म नभनौ । मन्त्रालयको कोही प्रतिनिधि पनि त पठाउनु भएन । तपाई कै जिम्मेवारीको बिषय हैन र ? यो त सांसदहरुको अपमान मात्र हैन सरकार संचालन र जवाफदेयीताको प्रश्न पनि हो नि !

४)हामी बिच मतभेदको कुनै नीजि कारण छैन । जनताको पीडा एउटा जनप्रतिनिधि हुनुको नाताले उठाएको हुँ । हामी चुनावी प्रतिस्पर्धी पनि हैनौ । बिभेदको बिरुद्व लड्न माक्र्सबादले सिकायो । मेरो निर्वाचन क्षेत्र प्रति आग्रह मेरै कारणले नराखियोस । कोभिडका बिरामी प्रति पनि क्षेत्रगत बिभेद नगरियोस । मैले अहिले सम्म समितिको बैठकमा मन्त्रीज्यूका मेहनतका विवरण सुन्न पाएको छैन । मेरो नीजी कुनै आग्रह पुर्वाग्रह छैन । दोलखाका ३ जना संसदले पीसीआर परिक्षण गर्ने उपकरण किन्ने हुनु भएछ । सिन्धुमा पनि केहि तयार थिए । जनशक्ति परिचालन गर्न र यी समस्यको निदान निकाल्न यस क्षेत्रका सासंदहरुसंग कहिल्यै छलफल गर्नु भयो ? स्रोत जुटाउने बिषयमा कुनै योजना बन्यो ? हामी धेरै यस कारणले चिन्तित छौ कि मन्त्रीज्युको ध्यान प्राथमिकता दिनै पर्ने क्षेत्रमा गएको पाईएन । म बिनम्रतासाथ अनुरोध गर्छु यो महामारी बिरुद्वको संघर्षमा सबै सासंद, तिनै तहको सरकारको बिश्वास लिएर,साथ लिएर हिड्न सक्नोस शुभकामना !

केन्द्रमा दुइ अध्यक्ष बिच विवाद भएपछि त्यसको असर जिल्लामा समेत पर्न सुरु गरेको छ । पुर्व माओवादी निकटका नेता कार्यकर्ताहरु खुलेरै प्रधानमन्त्री ओली गलत रहेको भन्दै सञ्जालमा आक्रोश पोखीरहेका छन् भने पुर्व एमालेमा नेपाल पक्षधर कार्यकर्ताहरु संयमीत नै भएपनि ओली पक्षधर नेता कार्यकर्ताहरु भने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध खरो रुपमा बहसमा उत्रीन सुरु गरेका छन्

सामाजिक विकास मन्त्री युवराज दुलाल नेकपा का केन्द्रीय सदस्य हुन् भने उनी केन्द्रमा पुष्पकमल दाहाल निकट मानिन्छन् । त्यस्तै अर्थ विकास समितिका सभापति प्रधानमन्त्री केपी ओली निकट छन् । पार्टीमा फरक पक्षधरता रहेकै कारण सामजिक विकासमन्त्री दुलालले पटक पटक आफुलाई असहयोग गरेको सञ्जाल मार्फत अप्रत्यक्ष रुपमा नेपाललाई आरोप लगाएका छन् । त्यस्तै नेपालले पनि सामाजिक विकासमन्त्री दुलाललाई आफ्नो कारण निर्वाचन क्षेत्रमा समेत सामजिक विकास मन्त्रालयको बजेट वितरणमा पक्षपात गरेको आरोप लगाएका छन् । सामाजिक विकास मन्त्री दुलालले भनेका छन् म सामाजिक सञ्जालमा यो प्रश्न आफ्नै जिल्लाका आफ्नै पार्टीका सहयोद्धा समेत रहनुभएका माननीयज्यूलाइ सोध्नु पर्दा दुखित छु तर बारम्बार यहाँले सुनियोजित तरिकाले नागरिकलाई भ्रमित पार्न दुष्प्रयत्न गरिरहनु भएकोले बिबस पनि छु भन्दै नेपाल प्रति दुखेसो गरेका छन्।

अर्थ विकास समितिका सभापति नेपालले पनि दुलालले पक्षपात गरेको अप्रत्यक्ष रुपमा आरोप सामाजिक सञ्जाल मार्फत नै लगाएका छन् । सभापति नेपालले भनेका छन् ‘हामी चुनावी प्रतिस्पर्धी पनि हैनौ,बिभेदको बिरुद्व लड्न माक्र्स सिकायो । मेरो निर्वाचन क्षेत्र प्रति आग्रह मेरै कारणले नराखियोस ।’

सामजिक विकास मन्त्री प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्र्तगत प्रदेश सभा क बाट प्रदेश सभामा निर्वाचीत भएका थिए भने सासंद नेपाल प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा क बाट प्रदेश सभामा निर्वाचीत भएका थिए ।

सामाजिक विकास मन्त्री दुलालले सामाजिक सञ्जालमा गरेको कमेन्टमा पुर्व माओवादी निकटकाले लाइक गरेका छन् भने सभापति नेपालको प्रतिउत्तर कमेन्टमा पुर्व एमाले निकट पनि केपी ओली पक्षधरले लाइक गरेका छन् ।

केन्द्रमा दुइ अध्यक्ष बिच विवाद भएपछि त्यसको असर जिल्लामा समेत पर्न सुरु गरेको छ । पुर्व माओवादी निकटका नेता कार्यकर्ताहरु खुलेरै प्रधानमन्त्री ओली गलत रहेको भन्दै सञ्जालमा आक्रोश पोखीरहेका छन् भने पुर्व एमालेमा नेपाल पक्षधर कार्यकर्ताहरु संयमीत नै भएपनि ओली पक्षधर नेता कार्यकर्ताहरु भने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध खरो रुपमा बहसमा उत्रीन सुरु गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 432 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?