देशप्रेमको गीत लिएर आइन् सुजाता

काठमाडौं । गायिका सुजाता केसीले नयाँ देशभक्ति गीत ‘वीर गोर्खाली…’ बजारमा ल्याएकी छन् । जसमा सुजाताले देशको जग्गा विदेशले मिचेको कुरामा जनतालाई सह्य नभएको शब्दमा गीत गाएकी छन् ।

यो गीतको भिडियो रिलिज गरिएको छ । भिडियोमा गायिका तथा सांसद कोमल वली, कलाकार कृष्णभक्त महर्जन, सुशील शर्मा, गणेश केसी, सूर्यमान श्रेष्ठ, संगीता घिमिरे, रविन शर्मा, अमर तामाङ, रोजी श्रेष्ठ, मैया चौरेल, सुधा केसीलगायतले अभिनय गरेका छन् । यो गीतको भिडियोलाई विपिन भाटले निर्देशन तथा सम्पादन गरेका हुन् । भिडियोको निर्माता सुशीला शर्मा हुन् ।

लोकराज अधिकारीले रचना गरेको यो गीतमा सुजातालाई प्रद्युम्न घलेले स्वर साथ दिएका छन् । आफूलाई देशप्रेम बोलेका गीत गाउन निकै मनपर्ने सुजाताले बताएकी छन्, ‘अन्य गीत धेरै गाइयो तर देशसँग सम्बन्धित देशप्रेम बोलेको गीत गाउँदा छुट्टै आनन्द हुन्छ । देशका लागि गीतसंगीतका लागि केही भए पनि गर्न सकियो जस्तो लागेको छ,’ उनले भनिन् ।

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम