मृत अवस्थामा महिलाको शव फेला

सर्लाही। सर्लाहीको नवलपुरमा एक महिलाको सव फेला परेको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका वडा नम्बर १, तेलबाली अनुसंधान केन्द्र लच्का नजिक राजमार्ग देखि ५० मिटर उतर नन्देश्वर सामुदायिक बनको हाता भित्र मृत अवस्थामा एक महिलाको शव फेला परेको हो ।

घटनास्थलमा मृतक महिलाको साथमा रहेको ब्यागमा फेला परेको नागरिकताको आधारमा लालबन्दी नगरपालिका वडा नं. २ बस्ने बर्ष ४१ कि बालकुमारी खत्री रहेको छिन ।

मृतक खत्रीले झोला ब्याग सहित सिरानी राखेर रातो बुट्टे ओढ्ने ओढेर सुतेर रहेको अवस्थामा महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक नारायण थापाले बताउनु भयो ।

घटना स्थलमा प्रहरीले अनुसंधान गर्दै मृतक महिलाको शव पोष्टमार्डमको लागि जिल्ला अस्पताल मलंगवा पठाईएको छ । शव फेला परे पनि घटना के कसरी भयो भन्ने ’boutमा खुल्न नसकेको हुँदा घटनाको ’boutमा सुक्ष्म रुपमा अनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाका प्रमुख एवम प्रहरी उपरीक्षक बिश्वमणी पोख्रेलले बताउनु भयो ।

तपाइको प्रतिक्रिया
(Visited 250 times, 1 visits today)

epaper

ताजा समाचार

आज सातवटै प्रदेशको बजेट आउँदै