सप्तरीमा ओली बिरुद्ध प्रचण्ड नेपाल समूहको प्रदर्शन

सप्तरी, राजविराज । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध नेकपा (प्रचण्ड–नेपाल समूह) ले मंगलबार सप्तरी सदरमुकाम राजविराजमा पनि बृहत प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम बिरुद्ध चरणबद्ध सडक संघर्षको घोषणा गरेको प्रचण्ड नेपाल समूहले शक्ति र बिरोध प्रदर्शनसँगै आन्दोलनबाटै सरकारलाई असंबैधानिक कदम फिर्ता लिन बाध्य पार्ने चेतवानी समेत दिएका छन् ।

प्रधानमन्त्री केपी ओली बिरुद्ध चर्को नाराबाजी तथा असंबैधानिक कदम खारेजको माग गर्दै मदननगरस्थित पार्टी कार्यालयबाट निस्केको जुलुस बजार क्षेत्र परिक्रमा गरेको थियो । बजार परिक्रमा पश्चात् स्थानिय नेता चौकमा आयोजित बिरोध सभालाई जिल्ला अध्यक्ष अशोककुमार मण्डल, प्रदेश सहइन्चार्ज महेन्द्र पासवान, जिल्ला इन्चार्ज रामप्रित पासवान, प्रदेशसभा सदस्य गोबिन्द न्यौपाने, पूर्पमन्त्री दिनेश यादव, प्रदेश कमिटि सदस्य महेश यादव लगायतले सम्बोधन गर्दै प्रतिनिधिसभा विघटनलाई असंबैधानिक भन्दै त्यस बिरुद्ध कानुनी र राजनीतिक लडाई सँगसँगै अघि बढाउने उद्घोष गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 456 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?