निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ५ सय भन्दा बढीले लिए सेवा

गएको आईतबार चामुण्डाविन्द्रासैनी नगरपालिका ६ जम्बुकाँधमा गरिएको एकदिने निशुल्क आर्युेदक स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गर्न आएका महिला ।

दैलेख (जम्बुकाँध)। गएको आईतबार दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–६ मा निःशुल्क आयुर्वेद शिविरमा ५ सय भन्दा बढी सेवा लिएका छन् । स्वास्थ्य सेवा कार्यालय आयुर्वेदक शाखाले सञ्चालन गरेको एक दिने निःशुल्क शिविरमा ५ सय १२ जना भन्दा बढी सेवाग्राहीले सेवा लिएका हुन् ।

शिविरमा ग्यास्टिक, मधुमेह, दम, उच्चरक्तचाप, स्त्रीरोग, हाडजोर्नी दुख्ने निशुल्क रोग परिक्षण गरि औषधी वितरण गरिएको थियो । शिविरमा पुरुष भन्दा बढी महिलाले स्वास्थ्य परिक्षण गराएको आयुर्वेद शाखाका आ.स.प्राविधिक(कविराज) रामप्रसाद महत्तो बताए । एक दिनको शिविरमै यति धेरै नागरिक आउनुले आयुर्वेद औषधी प्रति जनताको विश्वास छ । ‘जनताको मन आयुर्वेद औषधीले जितेको छ, तर प्रचार प्रसार र जनचेतनाको कमीले गर्दा आयुर्वेदिकतिर आर्कषण घटेको हो छैन’, उनले भने ।

शिविरमा आएका अधिकाँश विरामी मध्ये बाथरोग र पाठे्यघर समस्या भएका महिला आएको शाखाकी बैद्यले रिताकुमारी शाहीले बताइन् । उनले भनिन्, ‘म महिला भएकै कारण सबै महिलाले खुलेर समस्या राखे । शिविरमा आएका महिला मध्ये ६० प्रतिशत महिलामा पाठ्येघरको समस्या देखिएको छ । योनीबाट सेतो पानी बग्ने, तल्लोपेट दुख्ने गरेका महिला बढी भेटिए । १६ बर्षदेखि माथिका सबै महिलामा यो समस्या छ ।’

‘पश्चिमका महिला नछुने भएको बेला छाउगोठमा बस्ने, पोषण खानेकुरा खानबाट बञ्चित हुने, गहु्रगो भारी बोक्ने कारण गर्दा समस्या आएको हो । यसको लागि स्थानीय सरकारले महिला केन्द्रित कार्यक्रम ल्याएर तत्काल उपचार चाल्नुपर्छ’, शाहीले भनिन् ।

आयुर्वेदक शाखाका चिकित्सक प्रसन्न नेपालले शिविरमा ३२६ जना महिला र १८६ जना पुरुषले परिक्षण गराएको जानकारी दिए । हामीले गाउँ गाउँमा आयुर्वेदिक सम्बन्धित जानकारी र जनचेतना जगायौं भने अझै बढी मानिसहरु आयुर्वेदिक औषधीतिर आकर्षित हुनेछन् । ‘गाउँ र टोलमा आयुर्वेदिक आमा समुह गठन गरेर औषधीको ’bout जानकारी दिनुपर्छ । स्थानीय पाठयक्रममा समेत समावेश गरिनुपर्छ’, उनले भने ।

नागरिक आरोग्य सेवा केन्द्र स्थापना
त्यसैगरी शिविरकै दिन चामुण्डाविन्द्रासैनी नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको छ । स्वास्थ्य सेवामा जनताको पहुँच सजिलै होस् भन्नको लागि केन्द्र स्थापना गरिएको हो । गएको आइतबार प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार र चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्यबहादुर शाही संयुक्तरुपमा आरोग्य सेवा केन्द्रको उद्घाटन गरेको छन् । नगरमै आरोग्य सेवा केन्द्र स्थापना भएपछि अब स्थानीयले सेवा लिन जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटेर गएको छ ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर–प्रमुख शाहीले नगरपालिकामा सेवा संचालनका लागि पहल गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरे । उनले दुर्गममा रहेका सर्वसाधारण जनताका लागि गाउँमै सञ्चालन भएको आयुर्वेद सेवा केन्द्रले धेरैको जीवनमा सहयोग पुग्ने बताए ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले राज्यले संविधानमा भएको अधिकार बमोजिम नागरिक स्वास्थ्य उपचार पहुँचलाई सहज बनाउनका लागि आरोग्य सेवा केन्द्र स्थापना भएको बताए । ‘औषधी आएर मात्रै आरोग्य हुँदैन । ‘आरोग्य हुनका लागि खानेकुरा ध्यानदिनु पर्छ ।’ बजारमा म्याद समाप्त भएका सामाग्रीहरुको दैनिक प्रयोग गर्दा रोगी हुने गरेको सुनारको भनाई छ । उनले सामाग्री खरिद गर्दा म्याद हेरेर मात्र खरिद गर्न अनुरोध गरे ।

आरोग्य बन्न हामीले शब्दमा मात्र उच्चारण गरेर हुदैन । त्यसको लागि हामी मध्यपान, धुम्रपान छाड्नुपर्छ । ताजा ताजा खानेकुरा खानुपर्छ । आरोग्य सेवा केन्द्रले नगरपालिकाका जेष्ठ नागरिकलाई रसायन र सुत्केरीलाई दुग्धवतन औषधि वितरण गर्नेछ । सेवा केन्द्रबाट निःशुल्क औषधि वितरण, बिरामी चेकजाँच र पूर्वकर्म/पञ्चकर्म सेवा दिने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 288 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार