खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु

खोटाङ । खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लडेर मृत्यु भएको रतन्छाका वडाध्यक्ष उन्नत राईले बताए ।

रतन्छाबाट मबुतर्फ जानेक्रममा वाकुर्तुम जंगलमा रहेका भीरबाट करिब तीन सय मिटर तल खस्दा फुयाँलको घट्नास्थलमै मृत्यु भएको वडाध्यक्ष राईले बताए । फुयाँल २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन माओबादी केन्द्रकातर्फबाट वडा सदस्यमा विजयी बनेका थिए । मृतक फुयाँलको शव जिल्ला अस्पताल ल्याएको र पोष्मार्टमपछि आफन्तलाई जिम्मा लगाईने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरीमा लागूऔषध बरामद र भ्रामक भिडियो प्रकरणमा खास भएको के हो ?