आँप बगैँचामा युवती बलात्कार गरेर भाग्ने एक वर्षपछि पक्राउ

सप्तरी ।  एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।

उनीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए । आमासँगै जिल्ला प्रहरी कार्यालय पुगेकी पीडितले दिएको उजूरी जिल्ला प्रहरी कार्यालयले गत माघ ९ गते दर्ता गरेको थियो । खडक–६ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको आँपका बगैँचामा विसं   १० फागुन २०७६ मा आरोपितले बलात्कार गरेको पीडितले बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 377 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ