भगवान रामले होली खेलेको सम्झदै जंगलमै होली (फोटोफिचर)



जनकपुरधाम । जंगलमा पनि होली पनि हुने हुन्छ भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर, जनकपुरधाम क्षेत्रको प्रसिद्ध धार्मिक स्थल कञ्चनवनमा परिक्रमा डोला पुगेपछि त्यहाँ सहभागिहरु एकअर्कालाई अबिर दलेर रमाईलो गर्छन. । आइतवार त्यस्तै भयो । स्थानियले रंग दलेर होली खेले ।

परिक्रमा डोला कञ्चनवनमा पुगेपछि होली खेल्ने परम्परा रहेको साँस्कृतिविद डा. भोगेन्द्र झा बताउछन् । होलीमा जनकपुरकधामका अधिकांश मठ मन्दिरका महन्थ, सामाजिक, सांस्कृतिक, राजनीतिक क्षेत्रसंग आवद्ध व्यक्ति सहभागि हुने गरेको स्थानीयवासीहरु बताउँछन । उक्त स्थानमा रंगको प्रयोग यति धेरै हुन्छ पुरै जंगल रातो देखिन्छ केही दिन ।
धार्मिक मान्यता अनुसार त्रेता युगमा भगवान राम जानकी चारैभाई र चारै वहिनी संगै कञ्चनवनमा होली खेलेका थिए । त्यसैको सम्झनामा कञ्चनवनमा होली खेलाइने परम्परा रहेको छ । जंगलमा होलीको आनन्द नै छुटटै हुने गरेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्यरमेश रञ्जन झाले बताए ।

जनकपुरधामको हनुमान नगरबाट परिक्रमा डोला सहित निस्केको परिक्रमा कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडैई, धु्रबकुण्ड घुमेर आज कञ्चन वन पुगेको छ । भोली पर्वता त्यसपछि क्रमशः धनुषाधाम, सतोषर, औरही, करुणा, विसौल र त्यसपछि कल्याणेश्वर महादेवको दर्शन गर्दै जनकपुर आउने छन ।

तपाइको प्रतिक्रिया
(Visited 685 times, 1 visits today)

epaper

ताजा समाचार

नेदरल्यान्डलाई जापानले २–२ को बराबरीमा राक्यो