६९ वर्षपछि आफ्नो जग्गामा फर्किए नेपाली सेना

दोलखा । नेपाली सेनाको नाममा दर्ता कायम रहेको जग्गा भएकोले ६९ वर्षपछि दोलखाको मेलुङमा पुर्नस्थापित भएको छ । २००७ सालमा प्रजातन्त्र उदयपछि विभिन्न कारणले छोडेर हिँडेको नेपाली सेना हाल आएर चरिकोटस्थित तारादल गणको एउटा टुकडी मेलुङ गाउँपालिकाको मेलुङमा पुर्नस्थापित भएको हो ।

मेलुङ गाउँपालिका ६, मेलुङस्थित टुँडिखेलमा नेपाली सेनाको तारादल गणको एउटा टुकडी पुर्नस्थापित भएको मेलुङ गाउँपालिका ६ का वडाध्यक्ष राजुकुसुम लामाले जानकारी दिए । नेपाली सेनाको तारादल गणको मेजरको कमाण्डमा टुकडी रहने जनाइएको छ ।

मेलुङमा तैनाथी पुर्नस्थापित भएको ’bout जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मालाई भने लिखित जानकारी नभएको बताए । तत्कालीन सिन्धुली, रामेछाप र दोलखा जिल्लाको अड्डा रहेको मेलुङमा प्रजातन्त्रको उदय विभिन्न कारणले सेना विस्थापित भएको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् ।

६९ वर्षअघि सेनाले छोडेर भए पछि नेपाली सेनाको नाममा दर्ता कायम रहेको जग्गा आसपासका कतिपय भूमि अतिक्रमण समेत भइसकेको मेलुङ गाउँपालिकाको तथ्याङ्क उल्लेख छ । अतिक्रमण गरी बस्ती, बजार र विद्यालय निर्माण भएको वडाध्यक्ष लामाले जानकारी दिए । सेनाले ट्रेनिङ सेन्टरको रुपमा विकास गर्ने गरी मेजरको कमाण्डमा करिब ८४ जनाको समूह रहनेछन् जानकारी आफुलाई आएको लामाले बताए ।

हाललाई अस्थायी रुपमा क्याम्प स्थापना गरिने तारादल गण चरिकोटका कर्मचारीले बताए । २०७४ सालमा नेपाली सेनाको रणभीम गणले मेलुङको जग्गा र चरिकोटस्थित वनको जग्गाको भोगचलन सट्टापट्टाका लागि लेखापढी गरिएको भएपनि तारादल गणले सट्टापट्टा नगरी मेलुङमा नै अस्थायी क्याम्प पुर्नस्थापित गरेको हो । २०१२ सालदेखि मेलुङ गाउँपालिका ६ (साविक मेलुङ गाविस ८) मा कित्ता नं. ७१८, ७१९, ७२० र ७२१ तथा सोही वडा (साविक डाँडाखर्क गाविस १) को कित्ता नं. १४४ गरी कूल ३५३३० बर्ग्मिटर जग्गा नेपाली सेनाको नाममा दर्ता कायम रहेको मालपोत कार्यालय दोलखाको तथ्याङ्क रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 477 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम