सर्वसाधारणलाई मास्क बाँड्दै प्रदेश प्रमुख झा

जनकपुर । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले सर्वसाधरणलाई मास्क वितरण गरेका छन् । कोरोना माहामारीको दोस्रो लहर सुरु भएपछि जनकपुरधाममा प्रदेश प्रमुख झाले बाटो एवं पसलमा भेटिएका जोसुकैलाई मास्क वितरण गरेका छन् ।

प्रदेश २ का सबै जिल्ला कोरोना संक्रमणबाजट प्रभावित रहेको बेला प्रदेश प्रमुख झा बजार अनुगमन गर्दै मास्क वितरण गर्दै संक्रमणबाट सचेत रहन आग्रह समेत गर्दैछन् ।

मास्क लगाए नलगाएको अनुगमन गर्नका लागि प्रदेश प्रमुख झाले जनकपुरधाम बजारको अनुगमन गरेको प्रदेश प्रमुख कार्यालयका सचिव ध्रुव गैडेले जानकारी दिए ।

उनले जनकपुरधामस्थित मिल्स एरियाबाट शिव चोकसम्म पैदलै हिँडेर बजारमा रहेका सर्वसाधरणलाई मास्क वितरण गरेका थिए ।

कोरोना महामारीबाट प्रदेश २ को धनुषा अति प्रभावित क्षेत्रमा परेकाले सबैलाई यस महामारीबाट सचेत रहन र अरुलाई सुरक्षित रहने सन्देश दिनका लागि प्रदेश प्रमुख आफैले मास्क बाँडेको र अरुलाई पनि मास्क लगाउनका लागि अभिप्रेरित गरेको सचिव गैडेको भनाई थियो । प्रदेश प्रमुख झाले भेटिएका स्थानियलाइ नियमित हात धुन र मास्क लगाउन अाग्रह गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 352 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?