धनकुटामा एकैदिन थपिए १८ कोरोना संक्रमित

धनकुटा । धनकुटा । एकैदिन धनकुटाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा ४३ जनाको पीसीआर परीक्षण गर्दा ११ पुरुष र ७ महिलाको रिपोर्ट पोजिटिभ आएको धनकुटा अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोख्रेलले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेमा धनकुटा नगरपालिका–७ का ३८ बर्षीय पुरुष, ५ बर्षीय बालक, ५६ बर्षीय पुरुष, धनकुटा नगरपालिका–४ का ४८ बर्षीय पुरुष र २७ बर्षीय पुरुष छन् । त्यस्तै धनकुटा नगरपालिका–६ का ३४ बर्षीया महिला, २२ बर्षीय पुरुष, ६३ बर्षीया महिला, २८ बर्षीया महिला, ४३ बर्षीय पुरुष, ५२ बर्षीया महिला, ५५ बर्षीय पुरुष, ४२ बर्षीय पुरुष र २६ बर्षीया महिलामा संक्रमण देखिएको धनकुटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले जानकारी दिए ।

यता, छथर जोरपाटी गाउँपालिकाका ३४ र ५३ बर्षीया महिलामा पनि संक्रमण देखिएको छ । धनकुटामा कार्यरत इलाम–५ का ३५ बर्षीय पुरुष प्रहरी र धनकुटामा कार्यरत कर्मचारी नुवाकोटको विदुर–७ का ४४ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको हो । योसँगै जिल्ला अस्पतालमा गरिएको पीसीआर परीक्षणका आधारमा धनकुटामा सक्रिय संक्रमितको संख्या ५० पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 452 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?