कोरोना संक्रमणबाट व्ययवसायीको निधन

जनकपुरधाम । जनकपुरधामका एग्रो व्यवसायी धर्मनाथ साहको कोरोना संक्रमणको कारण आज मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौको ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

त्यही कोबिडको जाँचपनि गरिएको थियो । गत तीन दिनदेखि भेन्टिलेटरमा थिए । ५८ वर्षिय साहको आज डेढ बजे निधन भएको छ । शुरुमा जनकपुरधामको काव्या अस्पतालमा उपचार गरिएको थियो पछि हेलिकप्टरद्वारा उपचारका लागि काठमाडौ लगिएको थियो । जनकपुरधामको भानु चोक स्थित नेपाल एग्रो सेन्टरका सञ्चालक रहेका थिए । नेपालकै नाम चलेका एग्रो व्यापारीको रुपमा पहिचान बनाएका थिए ।

साहको श्रीमति, दुई छोरा र छोरी रहेको छ । धनुषामा यसपाली अहिलेसम्म ५ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 312 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?