गुल्मी । दोस्रो चरणको कोरोना नियन्त्रणमा गुल्मीका स्थानीय तहहरुले सक्रियता बढाएका छन् । हरेक स्थानीय तहले छुट्टाछुट्टै योजनाका साथ कोरोना नियन्त्रणमा लागेका हुन् । अधिकाशं स्थानीय तहले आइसोलेशन बनाइसकेका छन् भने केही स्थानीय तहले अक्सिजन पनि खरिद गरेका छन् ।
जिल्लाको धुर्कोट गाउँपालिकाले होम आइसोलेशनमै उपचारको व्यवस्था मिलाएको छ । कोरोना संक्रमितको हेरचाह गर्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको मोबाइल टोलिको गठन गरेको छ । वडा र गाउँपालिकास्तरीय मोबाइल टोलिलाई धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डाक्टर जनक पाठकले समन्वय गर्ने गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए । गाउँपालिका केन्द्र बर्बोटमा पाँच शैयाको आइसोलेशन निर्माण गरिएको छ भने संक्रमितलाई घरमै उपचार गर्न घरमै स्वास्थ्यकर्मी पठाउने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख पोखरेलले बताए ।

चन्द्रकोट गाउँपालिकाले चन्द्रकोट क्याम्पसमा १४ शैया र शान्तिपुर स्वास्थ्य चौकीमा तीन गरी १७ शैयाको आइसोलेशन निर्माण गरेको छ । जसमा सातवटा अक्सिजन रहेका छन् । दुईवटा अक्सिजन नियमित संचालनको लागि जेनेरेटरको पनि व्यवस्थापन गरिएको छ
मालिका गाउँपालिकाले सबै वडाहरुमा एन्टिजेन्ट परीक्षण गरिरहेको छ । अहिलेसम्म ३३ जनाको परीक्षण गरिएकोमा ६ जनाको पोजेटिभ देखिएको छ । क्वारेन्टिन निर्माण र जनचेतनाका लागि सबै वडाहरुमा सर्वदलिय कमिटीको गठन गरिएको छ । गाउँपालिकाका स्वास्थ्य अधिकृत बसन्तराज भुसालका अनुसार संक्रमितको शव आ–आफ्नै घाटमा दाहासंस्कार गर्ने र त्यसको लागि गाडीको व्यवस्था गाउँपालिकाले गर्छ । गाउँपालिकाले वडा नम्बर ६ अर्जैमा ५ शैयाको अस्थायी कोभिड अस्पतालको निर्माण गरेको छ । जिल्लाको इस्मा गाउँपालिकाले २० शैयाको आइसोलेशन निर्माण गरेको छ भने पाँच शैयाको अस्थायी कोभिड अस्पताल संचालनमा ल्याएको छ । गाउँपालिकाले पालिकाको प्रमुख नाका छल्दी पनाहा र प्रत्येक स्वास्थ्य चौकीमा हेल्थ डेक्सको संचालन गरेको गाउँपालिका उपप्रमुख बिमला खत्रीले जानकारी दिइन् ।
चन्द्रकोट गाउँपालिकाले चन्द्रकोट क्याम्पसमा १४ शैया र शान्तिपुर स्वास्थ्य चौकीमा तीन गरी १७ शैयाको आइसोलेशन निर्माण गरेको छ । जसमा सातवटा अक्सिजन रहेका छन् । दुईवटा अक्सिजन नियमित संचालनको लागि जेनेरेटरको पनि व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले बताए । गाउँपालिकामा भारतबाट आएका ३९ जना र तेस्रो मुलुकबाट आएका ११ जनाको स्वास्थ्य अवस्था सामान्य छ । गाउँपालिकाले एन्टिजेन्ट परीक्षण सुरु गरेको छ । संक्रमितको शव पालिकाका दुई ठाउँमा मात्र दाहासंस्कार गर्ने निर्णय गरेको अध्यक्ष खत्रीले जानकारी दिए ।
मुसिकोट नगरपालिकाले नौ वटा अक्सिजनसहित रुद्रावती क्याम्पसमा १५ शैयाको आइसोलेशन निर्माण गरेको छ । संक्रमितको शव व्यवस्थापनको लागि आवश्यक सबै सामग्रीको व्यवस्था मिलाइएको गाउँपालिकाका स्वास्थ्य अधिृकत डिबी जिसीले जानकारी दिए । तर बाहिरबाट आएकाहरुको एकिन तथ्याङ्क नहुँदा समस्या परेको उनको भनाई छ । गुल्मीदरबार गाउँपालिकाले दैनिक रुपमा गाउँपालिकाभित्र प्रवेश गर्ने मानिसहरुको दैनिक तथ्याङ्क राख्न सुरु गरेको छ । अस्थायी कोभिड अस्पताललाई आइसोलेशनको रुपमा व्यवस्थापन गरेको छ भने सातवटै वडामा ज्वरो आएकाहरुलाई छुट्टै चेकजाँचको प्रबन्ध मिलाएको गाउँपालिकाका स्वास्थ्य अधिकृत नारायण अर्यालले जानकारी दिए ।
रेसुङ्गा नगरपालिकाले महेन्द्र नमुना माध्यमिक विद्यालयमा २० शैयाको आइसोलेशन निर्माण गरेको छ । अहिलेसम्म नगरपालिकाका तीनजना स्वास्थ्यकर्मी संक्रमित भएपनि सबै स्वास्थ्य संस्थाहरु खुल्ला रहेको नगरपालिकाका स्वास्थ्य अधिकृत बोम अर्यालले बताए । नगरपालिकामा आवश्यक औषधी, पिपिई, माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरु पर्याप्त रहेको अर्यालले जानकारी दिए । गुल्मीमा हालसम्म दोस्रो चरणको कोरोनाबाट १४ जनाको मृत्यु भएको छ भने ३७० जना सक्रिय संक्रमित छन् । संक्रमित सबै होम आइसोलेशनमा छन् ।






