बारामा अक्सिजन हाहाकार

बारा । बारामा अक्सिजनको कृत्रिम अभाव सिर्जना भएको छ । कृतिम अभाव भएपछि कोरोना संक्रमितका लागि अति आवश्यक पर्ने अक्सिजन हाहाकार भएको हो ।

जिल्लामा रहेको ५० शैयाको जिल्ला अस्पतालमा १५ वटा अक्सिजन सिलिण्डर रहेको छ । मेडिकल सुपरिडेण्ट डा गौरव महतो कोरोना संक्रमितको संख्या बढदो क्रममा रहेको जानकारी दिए ।
‘स्वासप्रश्वासका समस्या भएका बिरामी अस्पतालमा बढ्न थालेका छन् । ग्राफ यसरी नै बढिरहयो भने स्थिती भयावह हुन सक्छ ।’ उनले भने ।

प्रदेश सरकारले घोषणा गरेको ५ लाखको अक्सिजन अहिले सम्म अस्पतालले नपाउदा समस्या हुने गरेको उनले बताए । अक्सिजनका लागि धेरै ठाउमा आफुले पहल गरेको डा महतोले जानकारी दिए ।

प्राय ५० वर्ष माथिको संक्रमितहरुमा श्वासप्रश्वासमाको समस्या बढि देखा पर्ने भएकोले अक्सिजनको माग बढेको उनको भनाई छ । एउटा सिलिण्डर चार घण्टा सम्म एक जना संक्रमितलाई पुग्ने जानकारी दिदै उनी प्रश्न गर्छन् ‘अस्पतालसंग भएको १५ वटा सिलिण्डरले कति जनालाई पुग्छ ।’

अक्सिजनको अभाव भएकाले अस्पताल आउने बिरामीलाई विरगञ्ज रेफर गर्नुको विकल्लप नरहेको डा. महतोको भनाई छ । दरबन्दी अनुसार चिकित्सक नभएकोले अस्पतालमा थप समस्या भएको उनको भनाई छ ।

महामारीको बेला प्रदेश सरकारको लचारीपनले जनताले अनाहकमा ज्यान गुमाउनु परेको स्थानियवासीको भनाई छ । भौतिक तथा पुर्वधार मन्त्री जितेन्द्र सोनललाई विपद व्यवास्थापन समितीको जिम्मा दिए पनि उनले हाल सम्म प्रदेश सरकारले घोषणा गरेको पाँच लाख रुपैयाँ बराबरको अक्सिजन उपलब्ध गराउन समेत सकेको छैनन् ।

हाल सम्म जिल्लामा कोरोना संक्रमणबाट २२ जनाले ज्यान गुमाईसकेका छन् भने ६ सय भन्दा बढि संक्रमित रहेको प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

epaper

ताजा समाचार

बोस्नियामाथि स्वीट्जरल्यान्डको सानदार जीत