कोरोना संक्रमणबाट उदयपुरका ४ जनाको मृत्यु

उदयपुर । उदयपुरमा आईतवार एकै दिन कोरोनाले ४ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका– १० का ६३ वर्षिय खगेन्द्र मगरको बेल्टार कोभिड १९ अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको । आईतवार बिहान एक्कासी स्वास्थ्यमा समस्या आई मगरको मृत्यु भएको अस्पतालले जनाईएको छ । मगर ४ दिन अघिदेखि सो अस्पतालमा उपचाररत थिए । उनलाई बिहान ५ बजेतिर एक्कासी समस्या आएर मृत्यु भएको अस्पतालले जनाएको छ । उदयपुरको अस्पतालमा कोभिडबाट मृत्यु भउको यो पहिलो घटना हो ।

त्यसैगरी सगरमाथा फोटो स्टुडियो गाईघाटका सञ्चालक विष्णुदेव चौधरीको पनि उपचारको क्रममा मृत्यु भएको छ । ४८ वर्षिय चौधरीको उपचारको क्रममा विएमसि हस्पिटल बिर्तामोडमा मृत्यु भएको जनाईएको छ । चौदण्डीगढी नगरपालिकाका– ५ का ५६ वर्षिय हरिराज कोईरालाको पनि मृत्यु भएको छ । उनको नोवेल हस्पिटल बिराटनगरमा उपचारको क्रममा ज्यान गएको हो ।

त्यसैगरी त्रियुगा नगरपालिका– १२ डिएम गेटको ५१ वर्षिय मोहमद ईवराईनको पनि कोभिड १९ बाट मृत्यु भएको छ । उपचारको क्रममा बिराटनगरको गोल्डेन हस्पिटलमा कोरोना परिक्षण गर्दा पुष्टि भएपछि आईतवार ग्रिनक्रस हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जनाईएको छ । उदयपुरमा कोरोना संक्रमणबाट ३ महिला र ९ पुरुष गरी १२ जनाको ज्यान गईसकेको छ । जिल्लामा अहिले सम्मम ३७९ जना कोरोना संक्रमण भएका छन भने १४ जना कोरोनामुक्त भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम