काठमाडौं । नेपाली कांग्रेसका निबर्तमान सभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आज समापन हुँदैछ । शुक्रवारदेखि मिराकल पार्टी प्यालेस, सुकेधारमा सुरू भएको भेला ३ दिनपछि आज समापन हुन लागेकाे हाे । सो कार्यक्रममा बिहान ११ः०० बजेदेखि सुरू हुनेछ ।
प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार जारी भेलामा बिभिन्न राजनीतिक प्रतिवेदन प्रस्तुत भएका छन्, जसमा आज सहभागी प्रतिनिधिहरूले धारणा राखिसकेपछि समापन हुनेछ । सो भेलाको सभापतित्व पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गरिरहेका छन ।
सर्वोच्च अदालतले हालै मात्र कांग्रेसको नेतृत्व र आधिकारिता विवादमा पुनरवलोकन गर्ने अनुमति दिए पछि देउवा समूह पछिल्लो समय झनै उत्साहित बनेको छ भने पाँच महिना बिदेशमा रहेका निबर्तमान सभापति शेरबहादुर देउवा बिहीवार सोही भेलाका लागि स्वदेश फर्किएका थिए । भेलामा उपस्थित प्रतिनिधिलाई तीन मिनेटको समय दिइएको छ । सोही भेलाले कम्तिमा १४ वटा उपसमितिहरूको चयन गर्ने जनाइएको छ ।
सम्बन्धित समाचार
गोलबजारको कर्फ्यु हटाइयो
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो : धवलशमशेर
कांग्रेस सांसद यादव सदनमा किन ‘मौन’ उभिए ?
प्रधानमन्त्री शाहले आज भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक बस्दै
मन्त्रिपरिषद् बैठकका ५ निर्णय
साढे ५ महिनापछि पूर्वप्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै, भव्य स्वागतको तयारी






