भक्तपुरमा ९५ प्रतिशत संक्रमित कोरोना मुक्त, २७७ को मृत्यु

 

भक्तपुर । भक्तपुरका ९५ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । भक्तपुरका २१ हजार २३४ जना संक्रमित मध्ये मंगलवार साँझसम्म २० हजार २१६ जना संक्रमण मुक्त भएका छन् । जुन ९५ दशमलव २० प्रतिशत हो ।

भक्तपुरमा कोरोना संक्रमितको संख्या घटेसँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा समेत कमि आएको स्वास्थ्य कार्यालय भक्तपुरले जानकारी दिएको छ । भक्तपुरमा जेठ २५ गते यता एक जनाको मात्र कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जेठ २४ गते एकै दिन तीन जनाको मृत्यु भएको थियो । त्यस यता जेठ २८ गते एक पुरुषको मात्र मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए ।

उनका अनुसार भक्तपुरमा हालसम्म २७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ती मध्ये १८० पुरुष र ९७ महिला रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी मध्यपुर थिमि नगरपालिकामा ६३ पुरुष र २८ महिला गरी ९१ जना कोरोना संक्रमितको ज्यान गईसकेको छ । भक्तपुर नगरपालिकामा ७४ जनाको मृत्यु भएको छ । ती मध्ये ४४ पुरुष र ३० महिला छन् । सूर्यविनायक नगरपालिकामा ४७ पुरुष र २८ महिलागरी ७५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै चाँगुनारायण नगरपालिकामा २६ पुरुष र ११ महिला गरी ३७ जना संक्रमितको मृत्यु भएको मिजारले बताए ।

भक्तपुरमा कोरोना संक्रमण घटेसँगैं अस्पताल र आइसोलेसन केन्द्रहरु धमाधम खाली हुन थालेको उनले बताए । स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा हाल ५७ जना मात्र अस्पताल र आइसोलेसन केन्द्रमा उपचाररत छन । ती मध्ये २९ पुरुष र २८ महिला रहेका छन् । सक्रिय संक्रमित मध्ये ३२५ पुरुष र ३५९ महिलागरी ६८४ जना होम आइसोलेसनमा रहेको समेत स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

भक्तपुरमा कोरोना संक्रमितको संख्यामा कमि आएपनि स्वास्थ्य सर्तकर्ता अपनाउन भने मिजारले सबैमा आग्रह गरेका छन् । कोरोनाको तेस्रो लहरले बालबालिकालाई च्याप्न सक्ने र मौसमका कारण पनि सामान्य रुघा खोकी लाग्न सक्ने भएका कारण सबैले सर्तकता अपनाउन उनले आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 233 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह