रियो दि जेनेरियो । कोपा अमेरिका फुटबलमा ब्राजिललाई इक्वेडरले बराबरीमा रोकेको छ । गोयानियामा सोमबार बिहान सम्पन्न खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलको ३७ औं मिनेटमा इडर मिलिताओले गोल गर्दै ब्राजिललाई अग्रता दिए । तर ५३ औं मिनेटमा इक्वेडरका एन्जल मिनाले गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।
बराबरीसँगै ब्राजिलको १० खेल लामो विजयी श्रृंखला तोडिएको छ । तर पनि ब्राजिल कोपा अमेरिकाको समुह ‘बि’ मा शीर्ष स्थानमा रहन सफल भयो । ४ खेलबाट उसको १० अंक भएको छ । समान खेलबाट ७ अंक जोडेको पेरु, ४ अंक जोडेको कोलम्बिया र ३ अंक जोडेको इक्वेडर पनि क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
समुहका ४ खेलबाट २ अंक मात्रै जोडेको भेनेजुएला भने बाहिरएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 293 times, 1 visits today)






