सिंह निवास चाक्सीबारीमा निधि र कोइराला

काठमाडौं । तेस्रो भेटघाट र छलफलका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइराला पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज मंगलबार पुगेका छन् ।

पार्टी सभापतिका आकांक्षी यी तीन नेताबीच यसअघि दुई पटक भेटघाट र छलफल गरिसकेका छन् । उनीहरुको छलफल महाधिवेसन केन्द्रीत छलफल भइरहेको छ । आजको भेटमा पनि नेताहरूबीच महाधिवेशन केन्द्रित छलफल भएको सिंहका स्वकीय सचिव यूपी लामिछानेले बताए ।

यसअघि कोइराला निवास महाराजगन्जमा निधि र सिंहबीच भेटघाट र छलफल भएको थियो । त्यसभन्दा पहिले निधि निवास बानेश्वरमा कोइराला र सिंहबीच भेटघाट र छलफल भएको थियो ।

कांग्रेसको महाधिवेशन प्रकृया साउन १२ गतेबाट सुरु हुँदैछ । शीर्ष नेताहरुबीच भेटघाट र छलफलले तीब्रता पाएको छ । हिजो सोमबार मात्र सुजाता कोइराला निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाबीच लञ्च बैठक भएको थियो । त्यसपछि नेता शेखर कोइराला पौडेल निवासमा आकर्षक प्रस्ताव बोकेर पुगेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 283 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीमानले बँदेल नियन्त्रणका लागि राखेको करेन्ट लागेर श्रीमतिको मृत्यु