घरमा खरको छानो, बाख्राको खोरमा जस्ता

बाजुरा । ‘म जन्मेदेखी मेरो घरको छानो खरैले छाएको थियो अहिले पनि खरकै छ । यस बर्ष सरकारले बाख्राको घर बनाउने पैसा पैसा दियो । मेरो बाख्राको खोर जस्ताले छाइने भएको छ ।’ जगन्नाथ गाउँपालिका–मोहतीका प्रकाश भण्डारी भन्छन् ‘अब मेरो बाख्राको खोर मेरो घर भन्दा राम्रो हुने भयो ।’

बाजुरा जिल्लामा पछिल्लो दुई बर्षदेखी बाख्रा पालन व्यवसायलाई चुस्त बनाउन नौ वटै स्थानिय तहमा नयाँ योजना अघि सारेको छ । स्थानिय तहले यस बर्ष मात्र जिल्लाका चार सय पचास परिवारलाई बाख्रापालनमा सहयोग गरेको छ । ‘बाख्रा भएकालाई आधुनिक गोठ निर्माणमा सहयोग गर्ने र बाख्रा नहुँनेलाई बाख्रा बितरण गर्ने स्थानिय तहको योजना छ ।

‘बाख्राको पनि घर हुँदो रहेछ, बाख्रालाई पनि राम्रो घर चाहिनेरहेछ भन्ने कुरा हामीले पहिलो पटक थाहा पायौं ।’ कहिले ओढारमा त कहिले जंगलमा बाख्रा राख्दै आएका ठकु बुढा भन्छन् ‘हामीले त खुल्ला आकासमा रुखका हाँगाले ’boutर बाख्रा पालेका थियौं, कहिलै ओडारमा राख्यौं कहिले जंगलमा ।’

बुढाको अनुभवमा उनका बाख्रालाई लुतो आउने खो-यात लाग्ने हुन्थ्यो । बुढा भन्छन् ‘स्यालले कति लगे लगे ।’ अहिले खोरमा राखेपछि निकै सजिलो भएको बताए । ‘राती ताल्चा लाउछौं, दिउसो सफा गर्छौ न स्यालले लाने डर न त रोगकै ।’
बाख्राको खोर भन्दा राम्रो भएपछि रोग पनि नलागेका र आम्दानी पनि बढेको बिरबहादुर रोकायाले बताए ।

जिल्ला भेटनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रले पचास जना कृषम छानेका छ, ति मध्ये बीस जनालाई एउटा वडाले खोर बनाउन सहयोग गरेको छ । तीस जनालाई बाख्रा दिने कार्यक्रम छ । किसानलाई यो कार्यक्रमले धेरै राहात भएको जगन्नाथ बाख्रापान समुहकी कोषाअध्यक्ष सुमित्रा भण्डारीले बताईन् ।

‘हामीले दुई बर्ष देखी यो कार्यक्रम संचालन गरेका छौं, राम्रो काम भएका छ । ब्यबसायीक रुपमा लगानी गरेका किसानलाई सहयोग भएको छ । यो कार्यक्रम नियमति गर्न पर्ने छ ।’ जिल्ला भेटनरी अस्पताल तथा पशु बिज्ञ केन्दका कार्यलय प्रमुख शिद्धराज जोशीले बताए ।

आफ्नो ब्यवसायका लागि सरकारले सहयोग गर्दा यहाँका कृषक खुशी भएका छन् । नयाँ कार्यक्रम बितरण मुखी भन्दा पनि यसरी जसले जे ब्यबसाय संचालन गरेको छ। त्यसको ब्यवस्थापनका लागि कार्यक्रम दिने हो भने किसानहरु आफ्नो ब्यवसायबाट फाईदा लिन सक्ने देखिन्छ ।

 

 

तपाइको प्रतिक्रिया
(Visited 552 times, 1 visits today)

epaper

ताजा समाचार

सुन्दरहरैँचामा ८६ सिटी सफारी चालकलाई नम्बरसहितको सुरक्षित ज्याकेट