नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले सोमबार नेपाली टोलीको नयाँ जर्सी सार्वजनिक गरेका हुन् । नयाँ जर्सीलाई माइ सेकेन्ड टिचर्सका सहप्रमुख शुलभ बुढाथोकी र नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सार्वजनिक गरेका हुन् ।

जुन जर्सी नेपालले ओमान भ्रमणमा लगाउने छ । आदर्श पोखरेलले डिजाइन गरेको जर्सी छनोट भएको क्यानले जनाएको छ । उत्कृष्ट डिजाइन गरेका पोखरेलले नगद १ लाख रुपैयाँ पाएका छन् । जर्सीमा नेपालको राष्ट्रिय झन्डारमा रहने रातो र निलो रङ प्रयोग भएको छ । जर्सीमा सर्वाेच्च शिखर सगरमाथा पनि रहेको छ । गत वैशाखमा नेदरल्यान्ड्स र मलेसियासँग टी–२० त्रिकोणात्मक सिरिजमा नेपाली टोलीले प्रयोग गरेको जर्सी चौतर्फी अलोचना भएपछि क्यान र एमएसटीले जर्सीको डिजाइन प्रतिस्पर्धा खुला गर्ने निर्णय लिएका थिए । जसमा ५ सयभन्दा बढीले जर्सी डिजाइनका लागि आवेदन दिएका थिए ।

जर्सी डिजाइन छनोट समितिमा क्यानका म्यानेजर विनोद दास, जनरल म्यानेजर रौनक मल्ल, क्यानका केन्द्रीय सदस्य छुम्बी लामा र एक प्रायोजक प्रतिनिधि रहेका थिए । क्रिकेट टोली मंगलबार ओमान भ्रमणमा निस्कनेछ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडीआई सिरिज सेप्टेम्बर १३ देखि २० सम्म खेल्नेछ । त्यसअघि पपुवा न्युगिनीसँग दुई ओडीआई खेल सेप्टेम्बर ५ र ८ मा खेल्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 505 times, 1 visits today)

epaper

ताजा समाचार

मध्यरातमा प्रहरीले गर्‍यो कोशी प्रदेशका मन्त्रीको घर खानतलासी