गठबन्धनको बैठक : यी हुन् सम्भावित मन्त्री

 

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालयमा बाँडफाँटको तयारी तीव्र पारेका छन् । मन्त्रालय बाँडफाँटमा कुरा मिलेमा आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ ।

आजै बस्ने सत्ता गठबन्धनका नेताको बैठकले मन्त्रालयको भागबण्डा सकेसम्म आजै गर्ने भएको छ । कांग्रेसबाट नारायण खड्का, डा. मीनेन्द्र रिजाल, पुष्पा भुसाल, सुजाता कोइराला, उमाकान्त चौधरीलगायतका नेताको चर्चा रहेको छ ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)ले उपसभामुख पाउनुपर्ने अडान राखेको छ भने उपसभामुखसहित ७ मन्त्रालयमा नेकपा (एस)ले दाबी गरेको छ ।

शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, विरोध खतिवडा, किसान श्रेष्ठ, सरला यादवलगायतको नाम मन्त्री हुने चर्चामा छ ।

माओवादी केन्द्रले मन्त्रालयको भागबण्डा मिलेपछि मात्रै मन्त्रीका विषयमा निर्णय गर्ने तयारी गरेको छ । यसअघि बसेको बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो ।

त्यस्तै जनता समाजवादी पार्टीले पनि मन्त्रालय हेरेर उपेन्द्र यादवको नेतृत्वमा जाने कि राजेन्द्रप्रसाद श्रेष्ठको भन्ने विषयमा निर्णय गर्ने एक नेताले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया
(Visited 272 times, 1 visits today)

epaper

ताजा समाचार

कैलालीका नदीमा डल्फिनको चहलपहल