नारी दिवसले नछोएकी वनकी रानी

नेपालमा ११० औं अन्तराष्ट्रिय नारी दिवस मनाईरहँदा बस्तीमा हातेमुसल्ले धान कुटदै राउटे युवती ।

दैलेख । जिल्ला सदरमुकाम, गाउँघरमा नारी दिवस मनाइरहँदा राउटे बस्तीमा नारी दिवसको रापले छोएकै छैन । राउटे महिला दिवसको ’bout बेखवर छन् । सरकारी कार्यालय एवं गैरसरकारी संङघ संस्थाले नारी दिवस’bout जानकारी नगराइ दिँदा ती समुदायकी महिला दिवस’bout अनविज्ञ भएका हुन् ।

राउटे समाजमा  महिलाहरू अधिकार सम्पन्न हुन्छन् ।  पुरुषले काठको काम गर्ने, भाडा बनाउने, गाउँबाट अन्न ल्याउने गर्छन्। राउटे महिला घरको आन्तरिक व्यवस्थापनका सर्बेसर्बा मानिन्छन् । उनीहरुको काम खाना बनाउने, तरकारीको जोहो गर्ने घर सफा राख्ने मात्र हुन्छ । पुरुषले कोशी,खाट,झुमा बनाएर गाउँघर डुल्ने सिकार गर्ने गर्छन् । तर विधुवा महिलालाई उनीहरुको आफन्तले कोशी सहयोग गरेर खानाको जोहोको लागि गाउँघर डुल्छन् ।

नेपालमा ११० औं अन्तराष्ट्रिय महिला दिवस मनाइरहँदा दक्षिण एसियाको एकमात्र भ्रमणशिल समुदायकी ५७ वर्षिया गुमी शाही खानाको जोहो लागि कोशी लिएर गाउँघर डुल्दै थिइन् । सबैतिर अधिकार, महिलामाथि हुने हिंसाका घटनाले आक्रान्त बनेकी महिला अधिकारका लागि भाषण मात्र व्यस्त थिए । तर राउटे महिला बेलुकाको छाक टार्नको लागि अन्न नहुँदा गाउँतिर खानाको जोहो लागि व्यस्त थिइन् । ‘म त विधवा हो, कोशी बनाउन आउँदैन भतिजोले बनाई दिएको कोशी लिएर धानको लागि गाउँतिर जान लागेकी छु’ कहिल्यै नमाझेका पहेँला दाँत देखाउँदै दुखेसो पाखिन् ।

नेपालमा सबै दिवस’bout राउटे बस्तीमा जानकारी गराई मनाउँदा यो समुदायले केही सिक्न सक्ने ठाटीकाँध गाउँपालिका –६ छत्रबहादुर थापाले बताए ।

राउटे महिलासँग साँचो कुरा बोल्न बन्देज

राउटे समुदायमा महिलालाई साँचो कुरा बोल्न बन्देज गरिन्छ । ‘महिलासँग साँचो कुरा बोल्दा कहिलेकाही काम भएन भने दुःख मान्छन् । काम भइसकेपछि मात्र भन्नुपर्छ’,राउटे महामुखिया महिनबहादुर शाहीले बताए ‘सबै कुरा महिलाले नबुझ्ने हुनाले महिलालाई सबै कुरा नभन्नु भन्ने चलन छ ।’

महिलाले गैरराउटेका पुरुषसँग  त्यति लामोसँग कुरा गर्न रुचाउँदैन । साँचो कुरा महिलासँग बोल्नुहुदैन भन्ने राउटे पुरुषको भनाई छ । राउटे महिलामा जनचेतना जगाई यस्तो अधिकार’bout जानकारी गराए राउटे महिलामा सुधार आउन सक्छ ।

तर गैरराउटे मनाउँदै आएका जुनसुकै संस्कृति र परम्पराको लागि यो समुदायले बडो ध्यानदिएर सुन्ने हेर्ने गरी मनोरञ्जन लिने गरेको दुल्लू नगरपालिकाका अछाम तुर्माखाँद गाउँपालिकाका धनबहादुर विसीले बताए । उनले भने, ‘बजारमा कसैको विहे भयो, नाचगान भयो भने राउटे महिलाको लर्को लागेर हेर्न आउँछ ।’ ‘आगामी दिनमा राउटे बस्तीमा नारी दिवस मनाउँदा ती महिला केही कुरा सिक्न र बुझ्न सक्ने थिए’,विसीले थपे ।

राउटे बस्तीमा पुरुषले नाच्छन् भने नाचको लागि आवश्यक पर्ने कपडा सिंगार पटार चाहि महिलाको हुन्छ । माघे संक्राति, साउने संक्रातिमा मात्र बस्तीमा राउटे महिला र पुरुषसँग लणी गित गाउँछन् । राउटेले आफुलाई वनका राजा भन्न रुचाउँछन् भने महिलाहरुले वनकी रानी भन्न मन पराउँछन् । यो समुदाय आजभोली सुर्खेतको जंगलमा बसोबास गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 560 times, 1 visits today)

epaper

ताजा समाचार

बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश