सन्नी रौनियारको नयाँ गीत सार्वजनिक

काठमाडौं । अन्तराष्ट्र्रिय नारी दिवसको अवसरमा नायिका सन्नी रौनियारको नयाँ गीत सार्वजनिक भएको छ ।
खुल्ला आकाश…बोलको गीतमा सनीकै स्वर र राजु सिंहको संगीत रहेको छ । विजय शिवाकोटीको शब्द रहेको गीतमा प्रतिकात्मक रुपमा महिला मुक्तिको कुरा गरिएको छ ।

नदेखिने डोरीहरुले मलाई बाँधी नराख
स्वच्छन्द भै उड्न चाहन्छु मेरो पंख तिमी नकाट…

नारामा महिला मुक्तिको कुरा गरिएपनि आम नेपाली महिला अझै पुरुषकै अधिनमा जीउन विवस छन्, महिला मुक्तिकै सेरोफेरोमा केन्द्रित गीतमा महिलालाई आफ्नै मर्जी अनुसार अघि बढ्ने प्रेरणा दिनु पर्ने भाव व्यक्त गरिएको छ । भुषण दाहाल निर्देशित भिडियोमा सनी आफैंले अभिनय गरेकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)

epaper

ताजा समाचार

देउवाको स्वदेश फर्किने तालिका परिवर्तन, साउन २८ गते काठमाडौं आइपुग्ने