४१ विधामा हिमालयन म्युजिक अवार्ड

काठमाडौं । तेस्रोे संस्करणको ‘हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०७६’ विभिन्न ४१ विधामा प्रदान गरिएको छ । विदेशमा गरिने भनिएको यो अवार्ड कोरोनाकै कारण नेपालमा आयोजना गरिएको हो । काठमाडौंको राष्ट्रिय नाचघरमा एक समारोहबीच यो अवार्ड प्रदान गरिएको हो । कार्यक्रममा लोक, आधुनिक, पप, तामाङ सेलो, म्हेन्दोमाया, चलचित्र र म्युजिक भिडियोका विभिन्न विधामा अवार्ड प्रदान गरियो ।

यो अवार्ड विगतमा विदेशमा प्रदान गरिँदै आएकोमा यसपटक नेपालमा गरिएको हो । दुबईमा प्रदान गरिने भनिएको यो अवार्ड कोरोना भाइरसको कारण त्यहाँको कार्यक्रम रद्द गरेर नेपालमै प्रदान गर्नु परेको आयोजक पक्षले जनाएको छ । यसअघि यो अवार्ड मलेसिया र कतारमा प्रदान गरिएको थियो । कार्यक्रममा यो वर्षको चलचित्र पाश्र्व गायकको अवार्ड यशकुमारलाई र गायिकाको अवार्ड दीपा लामालाई प्रदान गरियो । फिल्म छिरिङबाट यी दुईलाई अवार्ड प्रदान गरिएको हो ।

यस्तै, राष्ट्रिय भाव गीत गायनको अवार्ड दुर्गेश थापालाई, वर्ष गीतको अवार्ड आशुसेन लामालाई, लोक तथा दोहोरी गायिकाको अवार्ड शर्मिला श्रेष्ठलाई, लोकगीत गायन महिला अवार्ड रेखा थापा मगर, आधुनिक गीत गायकको अवार्ड कर्णराज गिरी, पप गीत गायन पुरुषको अवार्ड सबीन लामालाई सो समारोहमा प्रदान गरियो ।

यस्तै, तामाङ फिल्मबाट अभिनेताको अवार्ड दावा फिन्जो तामाङलाई, अभिनेत्रीको अवार्ड श्याममाया गुरुङ, तामाङ चलचित्र नवअभिनेत्रीको अवार्ड इन्दिरा वाइबालाई प्रदान गरियो । तामाङ संगीततर्फ नै म्हेन्दोमाया गायकको अवार्ड आरबी लामा वाङदेनलाई, म्हेन्दोमाया गायिकाको अवार्ड छिमी मम्बा तामाङलाई, म्हेन्दोमाया गायिका पप्लिक च्वाइस अवार्ड मीना लामालाई, म्हेन्दोमाया लोकप्रिय गायक अवार्ड रेसा तामाङलाई, म्हेन्दोमाया पप्लिक च्वाइस गायक अवार्ड विश्व पासा तामाङलाई र म्हेन्दोमाया म्युजिक कम्पोजर नवप्रवेशी अवार्ड अर्जुन थोकर साइलालाई
प्रदान गरियो ।

म्युजिक भिडियो मोडल पुरुषको अवार्ड नयन डीसीलाई, म्युजिक भिडियो निर्देशकको अवार्ड भुवन स्याङ्बो तामाङलाई प्रदान गरियो । यस्तै, पप गायक पप्लिक च्वाइस अवार्ड सशांक कंडेललाई, पप गीत गायन जुरी अवार्ड सपन श्रेष्ठलाई, लोक पपगीत गायन अवार्ड सुनिल थापा मगरलाई प्रदान गरियो ।

सोही कार्यक्रममा लोक तथा दोहोरी गीत गायन नवप्रवेशी महिला अवार्ड शर्मिला तामाङले, लोक तथा दोहोरी गीत गायन नवप्रवेशी पुरुष अवार्ड पासाङ लामाले, पपगीत गायन महिला तर्फको अवार्ड बबिता राई अनुमाले पाए ।

लोक तथा दोहोरी म्युजिक भिडियो मोडल पुरुष नवप्रवेशी अवार्ड सुरजचन्द्र घिसिङले, लोक तथा दोहोरी म्युजिक भिडियो मोडल महिला नवप्रवेशी अवार्ड सुजु श्रेष्ठले, लोक तथा आधुनिक म्युजिक भिडियो मोडल पुरुष धनराज मगरले, सेलो तथा आधुनिक म्युजिक भिडियो मोडल पुरुष अवार्ड मिलन लामाले, प्रवासी सेलो पप गायक अवार्ड हरि मोक्तान (यूएई)ले र प्रवाशी पप गायकको अवार्ड सुनिल कटुवाल (अस्ट्रेलिया)ले थापे ।

सो कार्यक्रममा नवलोकदोहोरी गायन महिलातर्फ जुरी अवार्ड रुकमाया वादालाई, नवलोकदोहोरी गायन पुरुष जुरी अवार्ड गम न्यौपानेलाई, लोक तथा दोहोरी गीत गायन महिला अवार्ड सन्ध्या परियारलाई, आधुनिक तथा तामाङ गीत रचना अवार्ड जैजा तामाङलाई, लोक तथा दोहोरी गीत रचना अवार्ड गणेश चौलागाईलाई प्रदान गरियो ।

यसैगरी, सेलो गीत गायन नवप्रवेशी अवार्ड रोम लामाले, बाल गायिकाको अवार्ड सुप्रिना कार्कीले, लोक तथा दोहोरी म्युजिक भिडियो मोडल महिलातर्फको अवार्ड रीना थापा मगरले, आधुनिक म्युजिक भिडियो मोडल महिलाको अवार्ड आशा गौतमले र लोक तथा म्हेन्दोमाया गायिकाको अवार्ड निशा लामाले हासिल गरे । कार्यक्रममा अवार्ड पाउने विभिन्न कलाकारले आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

epaper

ताजा समाचार

देउवाको स्वदेश फर्किने तालिका परिवर्तन, साउन २८ गते काठमाडौं आइपुग्ने