अञ्जुको एक्लोपनमा वर्षा र रामबाबु

काठमाडौं । गायिका अञ्जु पन्तले आफ्नो नयाँ गीत ‘एक्लै छु म…’ को भिडियो रिलिज गरेकी छन् । गीतको शब्द उनको जीवनीसँग मिल्दो छ । यो गीतलाई प्रशान्त पौडेलले लेखेका हुन् । जसमा पौडेलकै संगीत, विशाल निरौलाको संगीत संयोजन रहेको छ ।

यो गीतको भिडियोमा अभिनेत्री वर्षा राउत र मोडल रामबाबुले अभिनय गरेका छन् । भिडियोमा यी दुईको प्रेमभाव प्रस्तुत गरिएको छ । भिडियोलाई उत्सव दाहालको छायांकन गरेका हुन् । भिडियोमा विकास दाहालको सम्पादन
रहेको छ ।

जसमा देवेन्द्र पाण्डेको निर्देशन रहेको छ । भिडियो’bout निर्देशक पाण्डेले भने, ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीतको भिडियो श्रोता÷दर्शकमाझ आएको छ । आशा छ गीतसँगै भिडियोले सबैको मन जित्नेछ ।’ एबीएस म्युजिकले यो भिडियोलाई निर्माण गरेर बजारमा ल्याएको हो । गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

epaper

ताजा समाचार

देउवाको स्वदेश फर्किने तालिका परिवर्तन, साउन २८ गते काठमाडौं आइपुग्ने