बारा । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानिय तहको चुनाव गठबन्धनमा लडिने बताएका छन् ।
समाजवादी प्रेस संगठन नेपाल बाराले कलैयामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले बैशाखमा हुने स्थानिय तहको चुनाव पाँच दलको गठबन्धनमा लडिने बताएका हुन् । उनले निर्वाचनमा हार्ने डरले प्रतिपक्षी दलले चुनाव सार्ने हल्ला फिजाईरहेको आरोप समेत लगाएका छन् ।
एकिकृत समाजवादी पार्टी बाराले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बारा आएका पुर्व प्रधानमन्त्री नेपालले अवको चुनावमा कलम छाप लिएर लडने र जनप्रतिनिधिलाई भारी मतले विजयी गराउन निर्देशन समेत दिए ।
चारैतिर कलमको मोहले पार्टी प्रवेशको लहर आएको भन्दै उनले बताए गरिब किसान मजदुरको एक मात्र पार्टी नेकपा एकीकृत समाजवादी पार्टी भएको बताए । कार्यकर्ता प्रशिक्षणमा बोल्दै नेपालले अबको स्थाथानिय तहको चुनावमा तानाशाही प्रवृत्तिको अन्त्य हुने निश्चित रहेको बताए ।
समाजवादी प्रेस संगठन बाराका अध्यक्ष अजय साहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पोलिटब्युरो सदस्य दिनेश राई, मधेशप्रदेश सदस्य सिता गुरुङ्ग, सुन्दर विश्वकर्मा लगायतको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन नरेश गुप्ताले गरेका थिए ।






