पर्सा गाउँपालिकामा कांग्रेसकै अध्यक्ष र उपाध्यक्ष निर्वाचित

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकामा पनि नेपाली कांग्रसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा धिरेन्द्र राय र उपाध्यक्षमा नुतन देवी निर्वाचित भएका छन् । अध्यक्ष रायले २४६६ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनको निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदरवार दिनेश कुमार यादवले १८५८ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसकै नुतन देवीले २०३९ मत प्राप्त गरी निर्वाचित भइन् भने उनको निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदरवार नसरुल खातुले १९४१ मत प्राप्त गरेकाे पर्सा गाउँपालिकाका निर्वाचन अधिकृत संतोष कुमार झाले जानकारी दिए ।

पर्सा सँगै सर्लाहीमा नेपाली कांग्रेसले हरिपुर, धनकौल,कौडेना,ब्रह्म्पुरी, हरिपुर्वा र विष्णु गाउँपालिका गरी ७ पालिका जितेको छ भने रामनगर गाउँपालिका र बलरा नगरपालिका गरी दुई वटा पालिका माओवादी केन्द्रले जितेको छ । सर्लाहीको २० पालिका मध्ये ९ पालिकाको नतिजा सार्वजनिक भएको छ भने ११ पालिकाको नतिजा अझै सार्वजनिक हुन बाँकी रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 574 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीमानले बँदेल नियन्त्रणका लागि राखेको करेन्ट लागेर श्रीमतिको मृत्यु