पोखरा । पर्यटकीय नगरी पोखरामा क्रियाशील गीतकार सांगठनिक रूपमा गोलबद्ध भएका छन् । गीतकार भेलाले हरिहर खनियाँको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति प्रतिष्ठान गठन गरेको हो । प्रतिष्ठान उपाध्यक्षमा शीतल गिरी, महासचिव अनुराग अधिकारी, कोषाध्यक्ष बिर्सना बस्नेत र सचिव रुपिन्द्र प्रभावी छन् ।
त्यस्तै, सदस्यमा रेशम रचक, देवी त्रिपाठी, मिर्मिसा पराजुली, जीवन पण्डित, प्रकाश अधिकारी र लाल कार्की ‘अञ्जान’ चयन भएका छन् । यसैगरी, सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, डा. कृष्णहरि बराल र हरिदेवी कोइरालालाई सल्लाहकार चयन गरिएको छ ।
विभिन्न विधागत संस्था स्थापना भइसकेको पोखरामा गीतसम्बन्धी विधागत संस्था आवश्यक बोध भएरै अभियानमा लागेको अध्यक्ष खनियाँले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानले गीतकार हकहित र पहिचानको खोजीमा क्रियाशील रहनेछ ।
तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)







