राज्यमन्त्री वलीको राजीनामा स्वीकृत

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीको राजीनामा मुख्यमन्त्रीले स्वीकृत गरेका छन् । वलीले आफूमाथि भइरहेको छानबिनलाई सहज बनाउन भन्दै बुझाएको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभालाई जानकारी गराएका हुन्।

उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष एवम् सांसद सुदर्शन बरालले जानकारी दिए । गत जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेको राज्यमन्त्री खत्रीविरुद्ध किटानी उजुरी परेको छ ।

अभद्र व्यवहारको आरोपमा उजुरी परेपछि छानबिन गर्न सरकारले समिति समेत गठन गरेको छ । उक्त समितिलाई छानबिनमा सघाउन भन्दै उनले राजीनामा दिएकी बताएकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 272 times, 1 visits today)

epaper

ताजा समाचार

अमेरिका, बेल्जियम र इग्ल्यान्ड अन्तिम १६ मा