सत्तापक्षकै प्रदेशसभा सदस्यद्धारा बजेटको बिरोध

फाइल तस्विर


टीकापुर । झण्डै एक महिनापछि सुदूरपश्चिम प्रदेश सभाको बैठक सूचारु भएको छ । असार १ गते सुदूरपश्चिम प्रदेशको बजेट प्रदेशसभामा पेस भएको थियो । प्रदेश सरकार र प्रतिपक्षी दलबीच सहमति भएपछि बैठक बुधबारदेखि सुचारु भएको हो ।
प्रतिपक्षी दलले राखेको १४ बुँदे मागमा प्रदेश सरकारले सहमति गरेपछि बजेटमा छलफल सुरु भएको हो । बुधबार प्रदेश सभा बैठकमा सत्तापक्षिय प्रदेश सभा सदस्यहरुले आफ्नै सरकारका विरुद्ध बोलेका छन् ।

माओवादीकी प्रदेशसभा सदस्य कुन्ती जोशीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेट समग्रमा राम्रो नभएको बताइन । उनले बाध्यताले बजेट पास गर्नु पर्ने संकेत गरिन ।

नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्यले मुख्यमन्त्री र पर्यटनमन्त्रीको मात्रै होइन आफ्नौ पार्टीले सम्हालेका भौतिक पूर्वाधार विकास र आर्थिक मामिलामन्त्रीको पनि विरोध गरिन ।

मेरो क्षेत्रमा १० करोड पुगेन । कसैको वडामा १५ करोड पुग्छ । दुई मन्त्री हुँदा पनि आवश्यक बजेट भएन’, उनले भनिन, भौतिक पूर्वाधारले काट्दिनुभयो । अर्थमन्त्रीले आफ्नै क्षेत्रमा दुई अर्ब लानुभयो । ४५ मन्दिर बनाउनुभयो ।’

सत्तापक्ष नेपाली काँग्रेसका भरतबहादुर खड्काले सरकारप्रति धेरै घृणा जागेको बताउँदै अझै यस्तो सरकार आए संघियता खारेज हुनसक्छ भने । उनले बजेट पास गर्न आत्मदेखि तयार नभएको बताए ।

सत्तापक्ष माओवादीकै महेशदत्त जोशीले नीजि सम्पति बाँडे जसरी बजेट आएको बताए । उनले निश्चित व्यक्तीलाई फाइदा पुग्ने बजेट आएको बताए । सुदूरपश्चिम सरकारले ल्याएको बजेटमाथि धारणा राख्दै माओवादीका प्रदेशसभा सदस्य महेशदत्त जोशीले सरकारले व्यापारी र बिचौलियाको प्रभावमा बजेट ल्याएको बताए ।

नेकपा एकीकृत समाजवादीकी सांसद सुशीला बुढाथोकीले आफ्नै मन्त्रीहरूप्रति गुनासो पोखेकी छन् । बुधबार प्रदेशसभामा बजेटमाथिको छलफलमा धारणा राख्दै उनले आफ्नै मन्त्रीले पनि योजना नदिएको भन्दै गुनासो पोखेकी हुन् ।

भौतिक विकास र आर्थिक मामिला दुबै नेकपा एसका मन्त्री हुन् । उनले बजेटको सन्तुलन नमिलेको भन्दै त्यसको सम्पूर्ण दोष मुख्यमन्त्री त्रिलोचन भट्टले लिनुपर्ने बताइन् ।

नेकपा एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहराले सरकारले वितरणमुखी बजेट ल्याएको बताए । ‘सरकारले गलत चिन्तन राखेर अगाडि बढेको बजेटबाट पुष्टि हुन्छ’ उनले भने, ‘अघिल्ला वर्षहरू भन्दा यो अझै परिष्कृत भएर आउनुपर्ने हो । तर, त्यो भन्दा पनि खराब बजेट आएको छ । विद्यालय स्वास्थ्यमा भन्दा मन्दिरमा करोडौँ बजेट दिएको भन्दै उनले विरोध गरे ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क